११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

३ माघ २०७५, बिहीबार ०७:००

नरेन्द्रसिंह कार्की | माघ ३, दार्चुला |  केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । 

सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगैे व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ । 

सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा सम्लग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ । सडकको थोरै सुधार हुर्नेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेको व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताउनुभयो । 

“ट्याक्टर चल्न थालेका छन्, ट्याक्टरबाटै तेल ढुवानी भइरहेको छ । थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरासम्म एक महीनाभित्रै सडक पुर्याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले जानकारी दिनुभयो । धौलाकोट क्षेत्रमा सडक खन्न केही अप्ठ्यारो देखिएको छ । हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताउनुभयो । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ । 

धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भन्नुभयो, “हुतीबाट सुनसेरा सडक पुग्न १२ किमी छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवत जावतमा सहज हुन्छ ।” 

अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भन्नुभयो । 

कच्ची सडक भए पनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाइएला । सुनसेरासम्म गाडी पुग्नेबित्तिकै व्यास–२ मालका वासीन्दालाई समेत नेपालबाटै सामान ढुवानी गर्न सहज हुने उहाँको भनाइ थियो । “आफ्नो देशको भूमिमा सडक नहुँदा भारतीय भूमि भएर यात्रा गर्नुपरेको तीतो यथार्थ बिर्सिन कहाँ सकिएला र” भटृले भन्नुभयो, “अर्काको देशमा गएर गाडी चढ्नुपर्दा डोट्याल भनेर हेप्छन्, त्योभन्दा आफ्नै भूमि भएर आवतजावत गरौँ भन्ने इच्छा साकार हुने भयो ।” 

निर्माण व्यवसायीले अहिलेकै गतिले काम गरे सुनेसरासम्म यो आर्थिक वर्षभित्र नियमित गाडी गुडाउन सकिन्छ, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिीनियर दिनेश रैखोलाले भन्नुभयो, “विगतमा राताकाठा र विजयपुरभीरले समय खायो । अहिले त्यस्तो अप्ठ्यारो अवस्था छैन । धौलाकोटको भीर काट्नेबित्तिकै सहज रूपमा सुनसेरासम्म गाडी पुर्याउन सकिन्छ ।” झण्डै अढाइसय मिटर लम्बाइ रहेको विजयपुरभीर सडकको बाटो खुलाउन ठेक्का अवधिको हिसाबमा चार वर्ष लाग्यो । विगतमा विष्फोटक पदार्थ अभाव र निर्माण व्यवसायीको लापरवाहीका कारण पनि केही ढिलाइ हुन गयो । अहिले स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले निर्माण व्यवसायी पनि काम गर्न खोज्दैछन् । 

सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म अब गाडी गुडाउन त्यति समस्या छैन । अहिले सडक गाउँपालिका केन्द्रसम्म पुर्याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिङ्कर सडक हो उहाँले भन्नुभयो, सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य गर्न सडकलाई प्राथमिकता दिएका छौँ । 

तिङ्कर सडक योजनाका इञ्जिनीयर रैखोला तिङ्कर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नं २ माल गाउँसम्म सडक पुर्याउन समस्या नरहेको बताउनुभयो । 

आर्थिक वर्ष २०६५ बाट शुरु भएको यो सडक पहिलो गुरुयोजना अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हो तर पछिल्लो समय महाकाली करिडोरमा सडक गाभिएपछि यो सडकको समयावधि २०७९ पुर्याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कूल लम्बाइ २९१ किलोमिटर छ । 

यसअघि दार्चुला तिङ्कर सडक खलङ्गा जिरो प्वाइन्टदेखि तिङ्कर सीमा क्षेत्रसम्म १३५ किलोमिटर निर्माण गर्ने योजना थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित