२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार नारायण मन्दिरको पहिलो तलाको काम सकियो

२०७५, ४ माघ शुक्रबार ०७:३७

माघ ४, ललितपुर | पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिर पुनःनिर्माण पहिलो तलासम्मको काम सकिएको छ । मन्दिरको माथिल्लो तला र छानाको काम मात्रै बाँकी रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । 

मन्दिरको पुनःनिर्माण आगामी वर्षसम्ममा सम्पन्न हुने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)ले भूकम्पलगत्तै यहाँँका १२ स्मारकको पुनःनिर्माणको जिम्मेवारी लिएको थियो । तीमध्येमा चार नारायणको मन्दिर पनि पर्दछ । अरु १० स्मारकको निर्माण सम्पन्न भइसकेको छ भने हरिशङ्कर मन्दिर र यो मन्दिरको निर्माण जारी छ । केभिपिटीले लक्ष्य लिएभन्दा चाँडो निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो । 

मन्दिरलाई पाटनकै पुराना मन्दिरमध्ये एक मानिन्छ । मन्दिरको निर्माण विसं १५६५ मा पुरन्दर सिंहले गरेको पाइन्छ । ललितपुरमा नै कुम्भेवर, राधाकृष्ण मन्दिर, मच्छिन्द्रनाथको मन्दिरलगायतको पुनःनिर्माणले गति लिन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ