२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरमा २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार हुँदै

६ माघ २०७५, आईतवार ०७:१०

माघ ६, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । 

तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

उहाँले सडक सञ्जाल नपुगेका विकट गाउँलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । धनुवासदेखि सल्यानको मखनटाकुरी जोड्ने सडक सञ्जालको शनिबार शुरुआत गर्दै नगरप्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्न जनताले उद्यममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विकट वडाका जनतालाई लक्षित गरेर तीन एम्बुलेन्स खरीद गरिएको बताउँदै केही दिनमै सञ्चालन गरिने बताउनुभयो । उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा, गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम शुरु गरेको छ । 

सडकको ट्रयाक खोल्ने काम ४० दिनभित्र पूरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिनुभयो । स्थानीयवासी डम्बर अर्यालले २० वर्षदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ