२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरमा २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार हुँदै

२०७५, ६ माघ आईतवार ०७:१०

माघ ६, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । 

तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

उहाँले सडक सञ्जाल नपुगेका विकट गाउँलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । धनुवासदेखि सल्यानको मखनटाकुरी जोड्ने सडक सञ्जालको शनिबार शुरुआत गर्दै नगरप्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्न जनताले उद्यममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विकट वडाका जनतालाई लक्षित गरेर तीन एम्बुलेन्स खरीद गरिएको बताउँदै केही दिनमै सञ्चालन गरिने बताउनुभयो । उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा, गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम शुरु गरेको छ । 

सडकको ट्रयाक खोल्ने काम ४० दिनभित्र पूरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिनुभयो । स्थानीयवासी डम्बर अर्यालले २० वर्षदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ