२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा वर्षौ बित्दा पनि निमार्ण भएनन् मोटर चल्ने पुल

६ माघ २०७५, आईतवार ०९:०२

विमलबहादुर बिष्ट | माघ ६, डोटी | निर्माण शुरु गरेको वर्षौ वितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण हुनसकेका छैनन् । 

ठेकेदार कम्पनीको लापवाहीका कारण ती पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ । ठेकेदार कम्पनीले विभिन्न बाहना देखाइ पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ । 

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक भएको तीनवर्षे सम्झौता २०७४ साल असार २९ गते सकिए पनि अर्को सम्झौता भएको छैन । 

मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब चार सय मिटर लम्बाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालयले पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माणकार्य शुरु गराएको थियो । पुल निर्माण हुने समयावधि समाप्त भएर पनि एक वर्ष वितिसक्दा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् । 

पुल निर्माणको कार्य शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयवासी फेरि निराश हुन थालेका छन् । सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन सकेको छैन् । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने सडक कार्यालयका 

पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुनुभएको छ । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक कार्यालय र एसबिए÷चन्द्र एण्ड वसन्त र आइएस जेभी निर्माण कम्पनीले विसं २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम शुरु गरेको थियो । 

कुल लागत रु दुई करोड ५८ लाख ७२ हजार ९१७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय विसं २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । करिब ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन् । ठेकेदारको लापवाहीले योजना समयमा सम्पन्न हुन नसकेको इञ्जिनीयर महानन्द जोशीले बताउनुभयो । निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जना पनि तिर्नुपर्ने बताउँदै उहाँले पुल सम्पन्न नगरेरै छाडे कम्पनीलाई कालो सूचीमा राखिने जानकारी दिनुभयो । 

तेस्रो पटक विसं २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भए पनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा स्थानीय तथा विद्यार्थीले नदी तर्न नसक्दा पुलमा भर्याङ लगाएर नदी वारपार गर्न बाध्य भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…