२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाका लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ

२०७५, ७ माघ सोमबार ०८:०५

 माघ ७, गोर्खा | धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएकोे एनआरएनका परियोजना प्रबन्धक लक्ष्मण अर्यालले जानकारी दिनुभयो । 

लाभग्राहीले प्रतिपरिवार ५३ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने भए पनि उनीहरुले उपलब्ध गराउन नसक्दा निर्माणमा ढिलाइ भएको हो । “गुप्सीपाखामा काम गर्न सजिलो छैन”, अर्यालले भन्नुभयो । निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले स्थानीयवासी र एनआरएनका पदाधिकारीसँग छलफल थालेको छ । स्थानीयवासीले ढुङ्गा र गिटी उपलब्ध गराए पनि काठ उपलब्ध गराउन नसक्ने बताएका छन् । 

कतिपय घरमा महिला तथा बालबालिका मात्र छन् । उनीहरुले काठ बोकेर ल्याउन सक्ने अवस्था छैन । स्थानीयवासीले प्रत्येक घरमा शौचालयसमेत निर्माण गरी दिन एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनले आउँदो वैशाखसम्म घर निर्माण गरिसक्ने लक्ष्य लिएको इञ्जिनीयर अर्यालले बताउनुभयो । हालसम्म करीब ५०० घरको पहिलो तल्लाको काम सकिएकोे छ भने १२५ घरको दोस्रो तल्ला र ३७० घरको ट्रस्ट राख्ने काम भइरहेको अर्यालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ