२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा ६ महिनामा रु चौध करोड राजश्व सङ्कलन

२०७५, ८ माघ मंगलवार ०७:४६

माघ ८, सुर्खेत | जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । 

वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिनुभयो । सबैभन्दा बढी घर जग्गाको रजिष्ट्रेसनबाट रु नौ करोड ८० लाख राजश्व सङ्कलन भएको छ । रातो पूर्जा बिक्री, नामसारी, संशोधन, घर कायम, जग्गा मोल, पूर्जा प्रतिलिपि, न्यायिक दण्डजरिवाना, रोक्का, सेवा, विविध आय छुटलगायतबाट रु एक करोड ४० लाख २७ हजार राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै पूँजीगत लाभकर शीर्षकमा रु दुई करोड ९१ लाख र बेरुजु रु चार लाख ८३ हजार रहेको छ । “कित्ताकाट फुकुवा नभएकाले लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकेको छैन,” खत्रीले भन्नुभयो । लेखापाल धनसरा रानाका अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट तथ्याङ्क सङ्कलन, प्रविधिको ढिलाइ र बीचमा कित्ताकाट बन्द हुँदा राजश्व सङ्कलनमा कमी आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ