६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा ६ महिनामा रु चौध करोड राजश्व सङ्कलन

८ माघ २०७५, मंगलवार ०७:४६

माघ ८, सुर्खेत | जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । 

वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिनुभयो । सबैभन्दा बढी घर जग्गाको रजिष्ट्रेसनबाट रु नौ करोड ८० लाख राजश्व सङ्कलन भएको छ । रातो पूर्जा बिक्री, नामसारी, संशोधन, घर कायम, जग्गा मोल, पूर्जा प्रतिलिपि, न्यायिक दण्डजरिवाना, रोक्का, सेवा, विविध आय छुटलगायतबाट रु एक करोड ४० लाख २७ हजार राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै पूँजीगत लाभकर शीर्षकमा रु दुई करोड ९१ लाख र बेरुजु रु चार लाख ८३ हजार रहेको छ । “कित्ताकाट फुकुवा नभएकाले लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकेको छैन,” खत्रीले भन्नुभयो । लेखापाल धनसरा रानाका अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट तथ्याङ्क सङ्कलन, प्रविधिको ढिलाइ र बीचमा कित्ताकाट बन्द हुँदा राजश्व सङ्कलनमा कमी आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का