६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

८ माघ २०७५, मंगलवार ०८:१८

माघ ८, चौतारा | सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । 

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको उतm बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिनुभयो । 

मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाहा सुविधायुतm अत्याधुनिक हुनेछ । ५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ । 

सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग रु दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । शुरुमा २०६९ पुसमा २६ महीनामा सक्ने गरी रु एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो । 

विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का