६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

८ माघ २०७५, मंगलवार ०९:२६

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । 

चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उपकरणको कूल लागतमध्ये ५० प्रतिशत गाउँपालिकाले उपलब्ध गराउने छ । पहिलो चरणमा वडा नं ४, ९ र १० मा तीन उपकरण प्रदान गरिएको छ । 

“एउटा उपकरण खरीद गर्न करीब रु ६० हजार लाग्छ,” अध्यक्ष कुँवरले भन्नुभयो, “संस्थागत एवं व्यक्तिगतरुपमा गाउँपालिकाले कृषि शाखामार्फत अनुदानमा उपकरण लैजान सक्नेछन् ।” केही वर्ष अघिसम्म कोदोलाई गरीबले खाने अन्नका रुपमा लिने गरिएकामा अहिले यो हुनेखानेको रोजाइमा पर्ने गरेको छ । 

कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो । महोत्सव अवलोकनकर्तालाई स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमःलगायतका २५ परिकार बनाएर खुवाएका थिए । 

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शङ्खे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । “महोत्सवले कोदोप्रतिको धारणा परिवर्तन गरी खेतीप्रति आकर्षण बढाएको छ,” स्थानीयवासी आशबहादुर गुरुङले भन्नुभयो । 

कास्कीमा कोदोका प्रजातिसमेत लोप हुँदै गएका छन् । विगतमा यहाँ दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजाति पाउने गरेपनि अहिले ती लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउने क्रम बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का