२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बबईमा १० किलोमिटर तटबन्ध

२०७५, ८ माघ मंगलवार ११:२१

माघ ८, लमही | बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । 

दाङ खण्डमा बबई नदीले कटान गरेको दुबै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम्म करीब १० किमी बढी हुन नसकेको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागार्इंले जानकारी दिनुभयो । 

“उक्त नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्ने काम यसवर्ष मात्रै छ”, उहाँले भन्नुभयो, “तर अझै आधा काम बाँकी छ ।” बबई नदीमा आर्थिक वर्ष २०७३÷७४ देखि बहुवर्षीय योजनामा पारेर काम शुरु गरिएको हो । 

बबई खण्डमा विभिन्न १५ वटा योजना बनाएर काम थालिएको हो । तीमध्ये अहिलेसम्म दुईवटा योजनाको काम सम्पन्न भइसकेको र १३ वटा आयोजनाको काम बाँकी रहेको जनताको तटबन्ध लमहीका इञ्जिनीयर राजु अर्यालले बताउनुभयो । उहाँका अनुसार बबईको किसनपुर र ढोलपुरको तटबन्ध निर्माणको काम पूरा भएको छ । 

रु सात करोड ९३ लाख १४ हजार लागतमा लुम्बिनी जलजला जेभिले किसनपुरको एक किलोमिटर ४७६ मिटर तटबन्ध निर्माणको काम पूरा गरेको हो । त्यस्तै रु सात करोड ३८ लाख ७१ हजार लागतमा बज्रगुरु कन्ट्रक्सन प्रालीले ढोलपुरको एक किलोमिटर ४७६ मिटर तटबन्ध निर्माणको काम पूरा गरेको अर्यालले बताउनुभयो । 

बबई नदीको कालितारा–ओदाले, बैबाङ, मोतिपुर–सरुवाडाँडा, सुकौरा–थर्कुडाँडा, बैंबाङ– रामपुर, पदमपुर–रहरपुर, थपगाउँ–तिलबारी, देविपुर, हुरुम, जलुके, कप्तानी आयोजनाको काम बाँकी छ । यी सबै योजना चालु आर्थिक वर्षभित्र सक्नुपर्ने भए पनि आवश्यक बजेट नछुट्याउदा निर्माण कार्यमा ढिलाइ भएको प्रमुख चापागार्इंको भनाइ छ । अझै पनि बबई नदीमा तटबन्ध निर्माणको काम पूरा गर्न रु ५५ करोड बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । 

कालीतारा–ओदालेमा तटबन्धको काम करीब ८५ प्रतिशत पूरा भएको छ । रु चार करोड ९८ लाख ७० हजार ७०० लगानीमा निर्माण हुन लागेको उक्त तटबन्ध निर्माणको काम हरिहरि जेभिले लिएको छ । त्यस्तै बैबाङको २२२ मिटर तटबन्ध निर्माणको काम करीब ९० प्रतिशत पूरा भएको छ । रु दुई करोड चार लाख ६५ हजार लगानीमा जलजला निर्माण सेवाले काम गरिरहेको छ जहाँ चारवटा स्पर पनि राख्नुपर्ने छ । 

त्यस्तै मोतीपुर सरुवा डाँडाको एक किलोमिटर आठसय मिटर तटबन्ध निर्माणको काम करीब ४० प्रतिशत पूरा भएको छ । रु १२ करोड ८१ लाख २८ हजारमा निर्माण हुन लागेको तटबन्ध निर्माणको काम सूर्य वाईवा जेभिले गरिरहेको छ । 

सुकौरा–थर्कुडाँडाको एक किलोमिटर पाँचसय ७५ मिटर तटबन्ध निर्माणको काम करीब ३५ प्रतिशत पूरा भएको छ । रु नौ करोड २१ लाख ६३ हजार लगानीमा अमर मल्ल जेभिले निर्माणको काम गरिरहेको छ । त्यस्तै बैबाङ–रामपुरको एक किलोमिटर ५७५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत पूरा भएको छ । रु एक करोड ५१ लाख ६६६ लगानीमा अमर मल्ल जेभिले निर्माणको काम गरिरहेको छ । 

त्यस्तै पदमपुर–रहरपुरको एक किलोमिटर पाँचसय ५१ मिटर तटबन्ध निर्माणको काम करीब २५ प्रतिशत पूरा भएको छ । रु नौ करोड ४८ लाख २५ हजार लगानीमा वाईवा कन्ट्रक्सन प्रालीले निर्माण गरिरहेको छ । थपगाउँ–तिलबारीको एक किलोमिटर पाँचसय ५१ मिटर तटबन्ध निर्माणको काम करीब ३० प्रतिशत पूरा भएको छ । रु नौ करोड ८० लाख ६९ हजार ४२५ को लगानीमा लुम्बिनी जलजला निर्माण सेवाले निर्माण गरिरहेको छ । 

देवीपुरको एक किलोमिटर दुईसय मिटर तटबन्ध निर्माणको काम करीब ८० प्रतिशत पूरा भएको छ । रु नौ करोड ६८ लाख ४७ हजार लगानीमा लुम्बिनी जलजला जेभिले निर्माण कार्य गरिरहेको छ । हुरुमको एक किलोमिटर ४२५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत पूरा भएको छ । पाँच करोड ५४ लाख ८९ हजार लगानीमा चन्द्र एण्ड वसन्त जेभिले निर्माण कार्य गरिरहेको छ । 

जलुकेको एक किलोमिटर ४१३ मिटर तटबन्ध निर्माणको काम करीब ३० प्रतिशत पूरा भएको छ । रु पाँच करोड ५४ लाख ८९ हजार को लगानीमा चन्द्र एण्ड वसन्त जेभिले निर्माण गरिरहेको छ । कप्तानीमा एक किलोमिटर ४६५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत मात्रै पूरा भएको छ । रु छ करोड २५ लाख ९० हजारको लगानीमा अमर मल्ल जेभिले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ