२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बबईमा १० किलोमिटर तटबन्ध

८ माघ २०७५, मंगलवार ११:२१

माघ ८, लमही | बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । 

दाङ खण्डमा बबई नदीले कटान गरेको दुबै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम्म करीब १० किमी बढी हुन नसकेको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागार्इंले जानकारी दिनुभयो । 

“उक्त नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्ने काम यसवर्ष मात्रै छ”, उहाँले भन्नुभयो, “तर अझै आधा काम बाँकी छ ।” बबई नदीमा आर्थिक वर्ष २०७३÷७४ देखि बहुवर्षीय योजनामा पारेर काम शुरु गरिएको हो । 

बबई खण्डमा विभिन्न १५ वटा योजना बनाएर काम थालिएको हो । तीमध्ये अहिलेसम्म दुईवटा योजनाको काम सम्पन्न भइसकेको र १३ वटा आयोजनाको काम बाँकी रहेको जनताको तटबन्ध लमहीका इञ्जिनीयर राजु अर्यालले बताउनुभयो । उहाँका अनुसार बबईको किसनपुर र ढोलपुरको तटबन्ध निर्माणको काम पूरा भएको छ । 

रु सात करोड ९३ लाख १४ हजार लागतमा लुम्बिनी जलजला जेभिले किसनपुरको एक किलोमिटर ४७६ मिटर तटबन्ध निर्माणको काम पूरा गरेको हो । त्यस्तै रु सात करोड ३८ लाख ७१ हजार लागतमा बज्रगुरु कन्ट्रक्सन प्रालीले ढोलपुरको एक किलोमिटर ४७६ मिटर तटबन्ध निर्माणको काम पूरा गरेको अर्यालले बताउनुभयो । 

बबई नदीको कालितारा–ओदाले, बैबाङ, मोतिपुर–सरुवाडाँडा, सुकौरा–थर्कुडाँडा, बैंबाङ– रामपुर, पदमपुर–रहरपुर, थपगाउँ–तिलबारी, देविपुर, हुरुम, जलुके, कप्तानी आयोजनाको काम बाँकी छ । यी सबै योजना चालु आर्थिक वर्षभित्र सक्नुपर्ने भए पनि आवश्यक बजेट नछुट्याउदा निर्माण कार्यमा ढिलाइ भएको प्रमुख चापागार्इंको भनाइ छ । अझै पनि बबई नदीमा तटबन्ध निर्माणको काम पूरा गर्न रु ५५ करोड बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । 

कालीतारा–ओदालेमा तटबन्धको काम करीब ८५ प्रतिशत पूरा भएको छ । रु चार करोड ९८ लाख ७० हजार ७०० लगानीमा निर्माण हुन लागेको उक्त तटबन्ध निर्माणको काम हरिहरि जेभिले लिएको छ । त्यस्तै बैबाङको २२२ मिटर तटबन्ध निर्माणको काम करीब ९० प्रतिशत पूरा भएको छ । रु दुई करोड चार लाख ६५ हजार लगानीमा जलजला निर्माण सेवाले काम गरिरहेको छ जहाँ चारवटा स्पर पनि राख्नुपर्ने छ । 

त्यस्तै मोतीपुर सरुवा डाँडाको एक किलोमिटर आठसय मिटर तटबन्ध निर्माणको काम करीब ४० प्रतिशत पूरा भएको छ । रु १२ करोड ८१ लाख २८ हजारमा निर्माण हुन लागेको तटबन्ध निर्माणको काम सूर्य वाईवा जेभिले गरिरहेको छ । 

सुकौरा–थर्कुडाँडाको एक किलोमिटर पाँचसय ७५ मिटर तटबन्ध निर्माणको काम करीब ३५ प्रतिशत पूरा भएको छ । रु नौ करोड २१ लाख ६३ हजार लगानीमा अमर मल्ल जेभिले निर्माणको काम गरिरहेको छ । त्यस्तै बैबाङ–रामपुरको एक किलोमिटर ५७५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत पूरा भएको छ । रु एक करोड ५१ लाख ६६६ लगानीमा अमर मल्ल जेभिले निर्माणको काम गरिरहेको छ । 

त्यस्तै पदमपुर–रहरपुरको एक किलोमिटर पाँचसय ५१ मिटर तटबन्ध निर्माणको काम करीब २५ प्रतिशत पूरा भएको छ । रु नौ करोड ४८ लाख २५ हजार लगानीमा वाईवा कन्ट्रक्सन प्रालीले निर्माण गरिरहेको छ । थपगाउँ–तिलबारीको एक किलोमिटर पाँचसय ५१ मिटर तटबन्ध निर्माणको काम करीब ३० प्रतिशत पूरा भएको छ । रु नौ करोड ८० लाख ६९ हजार ४२५ को लगानीमा लुम्बिनी जलजला निर्माण सेवाले निर्माण गरिरहेको छ । 

देवीपुरको एक किलोमिटर दुईसय मिटर तटबन्ध निर्माणको काम करीब ८० प्रतिशत पूरा भएको छ । रु नौ करोड ६८ लाख ४७ हजार लगानीमा लुम्बिनी जलजला जेभिले निर्माण कार्य गरिरहेको छ । हुरुमको एक किलोमिटर ४२५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत पूरा भएको छ । पाँच करोड ५४ लाख ८९ हजार लगानीमा चन्द्र एण्ड वसन्त जेभिले निर्माण कार्य गरिरहेको छ । 

जलुकेको एक किलोमिटर ४१३ मिटर तटबन्ध निर्माणको काम करीब ३० प्रतिशत पूरा भएको छ । रु पाँच करोड ५४ लाख ८९ हजार को लगानीमा चन्द्र एण्ड वसन्त जेभिले निर्माण गरिरहेको छ । कप्तानीमा एक किलोमिटर ४६५ मिटर तटबन्ध निर्माणको काम करीब २० प्रतिशत मात्रै पूरा भएको छ । रु छ करोड २५ लाख ९० हजारको लगानीमा अमर मल्ल जेभिले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो