६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

१० माघ २०७५, बिहीबार ०४:३७

हिक्मतबहादुर नेपाली | माघ १०, दुल्लु | सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ ।

शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको थियो । विसं २०५३ असोजमा दैलेख बजारसम्म पहिलो पटक सार्वजनिक बस चले पनि त्यपसपछि चार वर्षसम्म सडक हिलाम्ये र धुलाम्बे हुँदा दैलेखदेखि सुर्खेत जान आठ घण्टा लाग्ने गथ्र्यो । विसं २०६६ बाट कालोपत्र गर्न शुरु गरिएको सो सडकखण्ड अहिले झनै जीर्ण बन्दै गएको छ । 

सुर्खेतदेखि दैलेखसम्मको ६७ किलोमिटर सडकखण्डको हजारौँ स्थानमा खाल्डाखुल्डी भएका कारण यात्रा सास्तीपूर्ण बनेको यात्रुको गुनासो छ । 

उक्त सडकमा अहिले दैनिक दुई सय सवारीसाधन ओहरदोहर गर्छन् । विसं २०६६ बाटै सडक स्तरोन्नतिसहित कालोपत्र शुरु गरिए पनि काम गुणस्तरीय नहुँदा सो समस्या आइपरेको हो । सडक मर्मतको जिम्मा पाएका ठेकेदार कम्पनीको लापरवाहीका कारण समस्या भएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसीले बताउनुभयो । 

सडक मर्मतको जिम्मा लिएका ठेकेदारले अघिपछि काम नगर्ने र वर्षाको बेला मात्रै काम गर्ने गरेका छन् । ‘हरेक वर्षात्को समयमा गरिएको काम बालुवामा पानी हालेझै भएको छ, यात्रु पूर्ण महतराले भन्नुभयो । यो सडकखण्डको सियाकोटसम्म निकै साँघुरो भएका कारण पनि सवारीसाधन सञ्चालनमा समस्या भएको उहाँको भनाइ थियो । 

सडक स्तरोन्नति र चौडा गरिए सवारी सञ्चालनमा सहज हुनाका साथै यात्रुलाई समेत सहज हुने यात्रु महतराले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको अनुसार चालू आवको छ महीनाको अवधिमा दैलेख–सुर्खेत सडकखण्ड र जिल्लाका अन्य सडकखण्डमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा परी तीन सख्त घाइते र ३४ सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार जीर्ण र साँघुरो सडकका कारण दुर्घटनाका जोखिम बढ्दै गएको हो । 

उक्त सडकखण्ड स्तरोन्नतिका यसै आवमा सरकारले केन्द्रीय आयोजनाअन्तर्गत रु १० करोड बजेट विनियोजन गरिसकेको छ । दैलेख निर्वाचन क्षेत्र नं १ (क) का प्रदेश सांसद धर्मराज रेग्मीले सडक स्तरोन्नति यसै वर्ष गरिने बताउनुभयो । अहिले वीरेन्द्रनगर सुर्खेत हुँदै कर्णालीका जिल्ला र रारा जाने पर्यटकसमेत यही बाटो हुँदै जाने गरेका छन् । पञ्चकोशी तीर्थस्थल अवलोकनका लागि पनि दैलेख भित्रिने पर्यटकको सहजताका लागि कोटिला, श्रीस्थान, नाविस्थान धुलेश्वर हुँदै पादुकासम्म जाने सडक स्तारोन्नति हुनेपर्ने स्थानीयवासीको माग छ । 

“चालकको कारणले मात्र दुर्घटना भएको हो भन्छौँ, तर दुर्घटनाका धेरै कारण छन्”, यात्रु नमराज थापाले भन्नुभयो, “दैलेख–सुर्खेत सडकखण्ड निकै साँघुरो छ, बढीजसो दुर्घटना भएका स्थानमा सडकको लेवल मिलेको छैन्, धेरै घुमाउरो सडक छ, सडकअनुसारको मोड पुग्दैन, सवारी चालकले तीव्र गतिमा सवारीसाधन दौडाउने प्रचलन छ, यस्ता सबै कारणले सडक दुर्घटना बढ्दै गएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का