२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

२०७५, १० माघ बिहीबार ०४:३७

हिक्मतबहादुर नेपाली | माघ १०, दुल्लु | सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ ।

शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको थियो । विसं २०५३ असोजमा दैलेख बजारसम्म पहिलो पटक सार्वजनिक बस चले पनि त्यपसपछि चार वर्षसम्म सडक हिलाम्ये र धुलाम्बे हुँदा दैलेखदेखि सुर्खेत जान आठ घण्टा लाग्ने गथ्र्यो । विसं २०६६ बाट कालोपत्र गर्न शुरु गरिएको सो सडकखण्ड अहिले झनै जीर्ण बन्दै गएको छ । 

सुर्खेतदेखि दैलेखसम्मको ६७ किलोमिटर सडकखण्डको हजारौँ स्थानमा खाल्डाखुल्डी भएका कारण यात्रा सास्तीपूर्ण बनेको यात्रुको गुनासो छ । 

उक्त सडकमा अहिले दैनिक दुई सय सवारीसाधन ओहरदोहर गर्छन् । विसं २०६६ बाटै सडक स्तरोन्नतिसहित कालोपत्र शुरु गरिए पनि काम गुणस्तरीय नहुँदा सो समस्या आइपरेको हो । सडक मर्मतको जिम्मा पाएका ठेकेदार कम्पनीको लापरवाहीका कारण समस्या भएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसीले बताउनुभयो । 

सडक मर्मतको जिम्मा लिएका ठेकेदारले अघिपछि काम नगर्ने र वर्षाको बेला मात्रै काम गर्ने गरेका छन् । ‘हरेक वर्षात्को समयमा गरिएको काम बालुवामा पानी हालेझै भएको छ, यात्रु पूर्ण महतराले भन्नुभयो । यो सडकखण्डको सियाकोटसम्म निकै साँघुरो भएका कारण पनि सवारीसाधन सञ्चालनमा समस्या भएको उहाँको भनाइ थियो । 

सडक स्तरोन्नति र चौडा गरिए सवारी सञ्चालनमा सहज हुनाका साथै यात्रुलाई समेत सहज हुने यात्रु महतराले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको अनुसार चालू आवको छ महीनाको अवधिमा दैलेख–सुर्खेत सडकखण्ड र जिल्लाका अन्य सडकखण्डमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा परी तीन सख्त घाइते र ३४ सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार जीर्ण र साँघुरो सडकका कारण दुर्घटनाका जोखिम बढ्दै गएको हो । 

उक्त सडकखण्ड स्तरोन्नतिका यसै आवमा सरकारले केन्द्रीय आयोजनाअन्तर्गत रु १० करोड बजेट विनियोजन गरिसकेको छ । दैलेख निर्वाचन क्षेत्र नं १ (क) का प्रदेश सांसद धर्मराज रेग्मीले सडक स्तरोन्नति यसै वर्ष गरिने बताउनुभयो । अहिले वीरेन्द्रनगर सुर्खेत हुँदै कर्णालीका जिल्ला र रारा जाने पर्यटकसमेत यही बाटो हुँदै जाने गरेका छन् । पञ्चकोशी तीर्थस्थल अवलोकनका लागि पनि दैलेख भित्रिने पर्यटकको सहजताका लागि कोटिला, श्रीस्थान, नाविस्थान धुलेश्वर हुँदै पादुकासम्म जाने सडक स्तारोन्नति हुनेपर्ने स्थानीयवासीको माग छ । 

“चालकको कारणले मात्र दुर्घटना भएको हो भन्छौँ, तर दुर्घटनाका धेरै कारण छन्”, यात्रु नमराज थापाले भन्नुभयो, “दैलेख–सुर्खेत सडकखण्ड निकै साँघुरो छ, बढीजसो दुर्घटना भएका स्थानमा सडकको लेवल मिलेको छैन्, धेरै घुमाउरो सडक छ, सडकअनुसारको मोड पुग्दैन, सवारी चालकले तीव्र गतिमा सवारीसाधन दौडाउने प्रचलन छ, यस्ता सबै कारणले सडक दुर्घटना बढ्दै गएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ