६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपुरमा वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

१० माघ २०७५, बिहीबार ०७:१४

माघ १०, कावासोती | नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ । 

वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो । 

अध्यक्ष महर्जनका अनुसार यहा“ रहेका प्रत्येक उद्योगमा करीब दुई लाखका दरले का“चो इँटा पानीका कारण नष्ट भएको हो । पानीका कारण १८ लाख इँटा नोक्सानी भएको उहा“ले बताउनुभयो । क्षति भएको इँटा आगोको भट्टीमा प्रयोग गर्न नमिल्ने र पुनःमाटोको रुपमा प्रयोग गरी नया“ इँटा बनाइने अध्यक्ष महर्जनले जानकारी दिनुभयो । 

इँटालाई आगोमा पकाउनुपूर्व केही दिनसम्म घाममा सुकाउनुपर्ने हुन्छ । तयारी अवस्थामा रहेका सुकाएका इँटामा अकस्मात् परेको वर्षाका कारण क्षति पुगेपछि इँटा उद्योगी चिन्तित बनेका छन् । यस्तै वर्षाका कारण नवलपुरमा लगाइएको तोरी खेतीमा समेत नोक्सान पुगेको छ । पाकेर थन्काउने अवस्थामा रहेको तोरीमा वर्षाका कारण नोक्सान पुर्याएको कृषक मदन पौडेलले बताउनुभयो । तोरी उखेलेर सुकाएको अवस्थामा खेतमै रुझेपछि बोटबाट तोरीका दाना झर्ने, पानीका कारण दान फुल्ने हुँदा तेल कम निस्कने कृषक पौडेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का