६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण

११ माघ २०७५, शुक्रबार ०५:४४

माघ ११, भद्रपुर | झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । 

झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार ९७३ खर्च भएको निमित्त स्थानीय समन्वय अधिकारी गोपाल लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार विसं २०७० पुस १८ गते काम थालेर २०७२ वैशाख मसान्तसम्ममा भवन बनाइसक्ने गरी भक्तपुरको श्यामसुन्दर राम जेभीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायी कम्पनीले निर्धारित समयमा भवनको निर्माण सम्पन्न गर्न सकेन । सात पटकसम्म म्याद थपेर हालै मात्र भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । 

जिससले जनाएअनुसार जेभीले विसं २०७२ जेठ २८ गते पहिलो पटक एक महीनाका लागि म्याद थपेको थियो । त्यसपछि २०७२ साउन २१ गते फेरि असोज १८ गतेसम्मका लागि दोस्रो पटक एक महीना म्याद थपिएको थियो भने २०७२ असोज १८ गते तेस्रो पटक छ महीनाका लागि म्याद थपिएको थियो । कम्पनीले २०७२ चैत्र १८ गते चौथो पटक एक महीनाको म्याद थप गरे पनि निर्माण सम्पन्न गर्न सकेन । 

निर्माण व्यवसायी कम्पनीले पाँचौँ पटक विसं २०७३ वैशाख २१ गते फेरि म्याद थपेर निर्माण सम्झौताको अवधि छ महीना लम्ब्यायो । २०७३ कात्तिक १९ गते छैटौँ पटक म्याद थप गरी ठेकेदार कम्पनीले तीन महीनासम्ममा काम सक्ने कबुल गरेको थियो । 

तर सो अवधिमा समेत काम सम्पन्न नगरेको कम्पनीले २०७४ वैशाख २८ गतेदेखि सोही वर्षको तीन महीनासम्मका लागि सातौँ पटक म्याद मागेको थियो । सात पटक म्याद थपेर सो निर्माण कम्पनीले २०७५ भदौमा बल्लतल्ल विद्यालयको भवन निर्माण सम्पन्न गरी सोही वर्षको असार १८ गते जिसस र विद्यालयलाई औपचारिकरूपमा हस्तान्तरण गरेको थियो । 

भवन निर्माणकार्यमा चरम ढिलासुस्ती भएकामा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले निर्माण कम्पनीसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समितिले बिहीबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी भवन निर्माणबारे सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । 

दुईतले भवनमा २८ कक्षाकोठा र प्रशासनिक कार्यालयलगायत ३३ कोठा रहेका छन् भने ५५० फलामे डेक्स बेन्च बनाइएको जानकारी दिइएको छ । हालसम्म निर्माण व्यवसायी पक्षलाई रु तीन करोड २० लाख १२ हजार भुक्तानी भइसकेको र बाँकी रकम विद्यालय भवनमा रङरोगन र टुटेफुटेको मर्मतसम्भारपछि मात्र भुक्तानी गरिने निमित्त स्थानीय समन्वय अधिकारी लिम्बूले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का