६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीमा धमाधम भूकम्प प्रतिरोधी घर बन्दै

११ माघ २०७५, शुक्रबार ०५:५५

माघ ११, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् । 

महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् । 

सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल, बर्दिवास महोत्तरीले सञ्चालन गरेको सामुदायिक उत्थान परियोजना महोत्तरी, धनुषामार्फत महोत्तरीका तीन र धनुषाको एक समेत चार नगरपालिका क्षेत्रका डकर्मी काम गर्नेलाई भूकम्प प्रतिरोधी घर, भवन बनाउने सीप सिकाएपछि त्यसको सकारात्मक प्रभाव यस भेगमा देखिएको हो । पछिल्ला दुई वर्षयता आफ्नो वडाबस्तीमा बनेका पक्की घरमध्ये धेरैजसो भूकम्प प्रतिरोधी बनेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताउनुभयो । 

पैरवी मञ्चले विसं २०७३ देखि हालसम्म महोत्तरीका तीन र धनुषाको एकसहित चार नगरपालिकाका–६३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम दिइसकेको छ । पछिल्लो पटक विसं २०७५ को यो तालीम भर्खरै २० जनाले लिएका र अघिल्ला दुई वर्षमा ४३ जनाले लिएका पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो । 

तालीम लिएपछि आफु हरुको सम्पर्कमा रहँदै आएका यसअघिका तालीम प्राप्त ४३ जना डकर्मीले महोत्तरीको बर्दिवास, धनुषाको मिथिला र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा समेत हालसम्म ५८३ वटा भूकम्प प्रतिरोधी पक्की घर बनेका अभिलेख रहेको पैरवी मञ्चले जनाएको छ । 

नयाँ सीप सिकेका डकर्मीले घर बनाउने धनीलाई भूकम्प प्रतिरोधी घर बनाउन अभिप्रेरित गर्ने र आपूmले अब पुरानो परम्पराको घर नबनाउने अडान लिन थालेपछि भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका हुन् । “हामी त पहिलेदेखि नै घर बनाउने काम गर्दै आएका थियौं, अहिले नयाँ तरिका (प्रविधि) ले बनाउन थालेका छौं” दुई वर्षअघि भूकम्प प्रतिरोधी घर बनाउने तालीम लिएका बर्दिवास–१४ का उपेन्द्र मुखियाले भन्नुभयो । 

तालीम प्राप्त यी डकर्मी कामका लागि महोत्तरी, धनुषाबाहेक सिन्धुली पनि जाने गरेका छन् । मधेशबाट काम गर्न आफ्नो बस्ती आउने गरेका डकर्मीको प्रेरणाले अब बाक्लै भूकम्प प्रतिरोधी घर बन्न थालेका सिन्धुलीको दूधौली नगरपालिका–१ का वडाअध्यक्ष गोविन्द पहाडी बताउनुहुन्छ । 

पछिल्लो समयमा भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम लिएका डकर्मी बढ्दै गएपछि नगरमा नयाँ प्रविधिको घर, भवन बन्न लागेका महोत्तरीको भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारको भनाइ छ । यसैबीच बर्दिवास नगरपालिका कार्यालयको शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख इञ्जिनीयर टेक कटुवालले पनि तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि घर बनाउने तयारीमा रहेका अब चाँडै भूकम्प प्रतिरोधी घर बनाउने कुरामा सहमत हुँदै गएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का