२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा राजश्व असुलीमा वृद्धि

११ माघ २०७५, शुक्रबार ०९:५९

माघ ११, दाङ | आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ । 

रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार, सङ्कलन भएको राजश्वमा आयकरतर्फ रु ४६ करोड १० लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३३ करोड ४६ लाख ३८ हजार, घर बहालतर्फ रु तीन करोड ३६ लाख ५८ हजार रहेको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ रु २० करोड ३७ लाख ७३ हजार, ब्याज करतर्फ रु एक करोड ३० लाख ५५ हजार, शिक्षा शुल्क करतर्फ रु ६९ लाख २८ हजार र स्वास्थ्य सेवा करतर्फ रु २५ लाख ४२ हजार राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत लीलाप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पुरानो बक्यौता असूलीका साथै कर परीक्षण र कर अनुसन्धानमा पछिल्लो समयमा गरिएको वृद्धिले पनि करको दायरामा वृद्धि भएको छ र यसबाट हामी लक्ष्यभन्दा बढी कर उठाउन सफल भएका छौँ । 

त्यसैगरी विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्र्नुले पनि राजश्व सङ्कलन बढेको उहाँको भनाइ छ । 

कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत शर्माले बताउनुभयो । 

नयाँ करदाता थपिए 

चालू आवको यस अवधिमासम्म छ हजार नयाँ करदाता थपिएका सो कार्यालयले जनाएको छ । थपिएका नयाँ करदातासहित हाल यस कार्यालयको दायराभित्र विभिन्न छ जिल्लाका ८० हजार करदाता रहेका छन् । 

नयाँ करदाता थपिएका कारण राजश्व सङ्कलनमा वृद्धि भएको सो कार्यालयका कर अधिकृत लक्ष्मणसिंह श्रेष्ठले बताउनुभयो । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा भने समस्या देखिएको छ । 

एकजना उपसचिव, छ जना अधिकृत, र आठजना नायब सुब्बाको दरबन्दी रहेको सो कार्यालयमा हाल एकजना उपसचिव, तीन जना अधिकृत र तीन जना नायब सुब्बा मात्र कार्यरत हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो