२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतमा स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

२०७५, १४ माघ सोमबार ०६:५६

माघ १४, पर्वत | चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । 

आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । 

मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन पोख्रेलले बताउनुभयो । “हामीलाई धेरै झुक्याउने काम भएको छ”, उहाँले भन्नुभयो, “माग पूरा नभएसम्म निर्माण कार्य सञ्चालन हुन सक्दैन ।” 

आयोजनाको सुरुङ निर्माणका क्रममा भएको बम विष्फोटका कारण घर भत्केको स्थानीयवासीले बताए । विष्फोटनका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको उनीहरूको भनाइ थियो । आयोजनाका कारण ४९ घरमा असर परेको र एक घर पूर्णरुपमा भत्किसकेकाले आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीयवासी छन् । 

आयोजनाले भने भूकम्प र परकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने जिकिर गर्दै आएको छ । भूगर्भविद्ले घर भत्कनुको मुख्य कारण विगतको भूकम्प र त्यसपछिको परकम्प भएको र आयोजनाका कारण केही घरमा मात्र असर परेको प्रतिवेदन दिएका कारण सोहीअनुसार कार्यान्वयन गर्न आफूहरू तयार रहेको आयोजनाका प्रमुख निरञ्जन राउतले बताउनुभयो 

भूगर्भविद्ले १२ घरमा बढी क्षति भएको, नौ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने सात घर मात्रै देखाएको उहाँले जानकारी दिनुभयो । 

क्षतिपूर्ति दिने विषयमा पटकपटक आन्दोलन भएपछि भूगर्भविद्लाई बोलाउने उनीहरूले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सहमति यसअघि भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित