२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिपायल विमानस्थलको काम द्रुत गतिमा

२०७५, १७ माघ बिहीबार ०२:२५

विमलबहादुर विष्ट | माघ १७, डोटी | तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ । 

विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । रु छ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो । 

करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुशी भएका छन् ।” पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपान अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “घरआँगनमै विमानस्थल हुँदासम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको थियो, अब समस्या समाधान हुन्छ कि ।” 

विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । ]

देशभरिकै उत्कृष्ट सुदूरको आयुर्वेद सेवा 

सुदुर पश्चिम आर्युवेद औषधालय देशभरमै उत्कृष्ट हुन पुगेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को सातवटै प्रदेशका आयुर्वेद कार्यालयको समीक्षा बैठकले उक्त औषधालयलाई उत्कृष्ट घोषणा गर्नाका साथै सम्मानपत्र पनि प्रदान गरेको थियो । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा चेतराज जोशीलाई सम्मानपत्र प्रदान गर्नुभयो । समीक्षा कार्यक्रममा सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका आयुर्वेद स्वास्थ्यकर्मी र निर्देशकको सहभागिता रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा जोशीले जानकारी दिनुभयो । 

सुदूरमा कुष्ठरोगी देखिँदै 

सुदूरपश्चिम प्रदेशमा पुनः कुष्ठरोगका बिरामी देखिन थालेका छन् । यहाँका विभिन्न स्वास्थ्य संस्थाले कुष्ठरोग उन्मूलन भइसकेको जनाए पनि पछिल्लो समय कुष्ठरोगी देखिन थालेका हुन् । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७२÷७३ मा यस प्रदेशका नौ जिल्लामा २०८ कुष्ठरोगी फेला परेकामा आव २०७३÷७४ मा त्यो सङ्ख्या घटेर २०१ मा पुगेको थियो तर २०७४÷७५ मा भने २९८ पुगेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा यो रोग उन्मूलनपछि फेरि देखिएको हो । 

सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगका बिरामी भेटिएको डा अवस्थीले जानकारी दिनुभयो । गत आवमा कैलालीमा १७४, कञ्चनपुरमा ४३ र अछाममा २८ मा कुष्ठरोग भेटिएको उक्त निर्देशनालयले जनाएको छ । 

निःशुल्क स्वास्थ्य शिविर 

दीपायलमा रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले स्थानीय सरस्वती आधारभूत विद्यालय दीपायलमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १०० भन्दा बढीले उपचार गराएका छन् । 

उक्त अस्पतालका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक डा पूजा खड्काका अनुसार शिविरमा आएका विद्यार्थी, तिनका अभिभावक, शिक्षक, विद्यार्थीको उपचारका साथै निःशुल्क औषधिसमेत वितरण गरिएकाले स्वास्थ सेवा लिनआउनेहरू खुशी भएका थिए । शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ