२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोरलेनका दुई पुलको डिजाईन फेल, सडक निर्माण लम्बिने संकेत

१७ माघ २०७५, बिहीबार १३:५०

माघ १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोरलेन सडकमा निर्माणका चरणमा रहेका दुई फुलको डिजाइन फेल भएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले तयार गरेको दुई पुलको डिजाईन नै फेल भएपछि फोरलेन सडक निर्माण लम्बिने संकेत देखिएको हो । 


धुलियाविट–बांगेशीमल सडक अन्तरगत पर्ने खोर्के खोला र ईत्राम खोला पुलको डिजाइन नै फेल भएको खुलेको छ । सडक विस्तारसंगै फोरलेन सडकमा रहेका पुलहरु फराकिलो बनाउन कार्यालयले नयाँ डिजाइन तयार गरेको थियो । फोरलेन सडक अन्तरगत बन्ने पाँच पुलमध्य तीन पुलको डिजाइन सही भएकाले पुल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । तर ईत्राम र खोर्के खोलाका पुलहरु कसरी निर्माण गर्ने भन्ने अन्यौलमा निर्माण कम्पनी छ । ‘निर्माणको चरणमा रहेका तीन पुलमा कुनै समस्या छैन्’ सपना, आशिष, श्याम एण्ड शंकर जेभीका प्रतिनीधि पदमबहादुर खड्काले भने, ‘इत्राम र खोर्के खोला पुलको दायाँवायाँ फराकिलो बनाउदा पुलमुनिको फाउण्डेशनले काम गर्न अफ्ठेरो भएको छ ।’ 

पुराना पुल भएकाले पुलको जग फैलावट ठूलो भएकाले पायल प्रविधिबाट काम गर्न कम्पनीलाई असहज भएको हो । फोरलेनमा बन्ने पाँचवटै पुल झण्डै ३९ करोडको लागतमा पायल प्रविधिबाट निर्माण हुन लागेका हुन् । तर यी दुई पुलमा सडक अनुसारको पुलको क्षेत्रफल थप गर्दा जगमा फैलावट भएको फाउण्डेशनले तोडफोड गर्न नमिल्ने खड्का बताउँछन् । ‘हामीले डिजाइन परिमार्जन गर्न कार्यालयलाई पत्र लेखका छौं’ खड्काले थपे, ‘अहिलेकै डिजाइनमा काम गर्न सकिदैन् तर कार्यालयले परिमार्जनसहितको डिजाइन दिएमा काम गर्न तयार छौं ।’ बाँकी तीन पुलको जमिनमुनीको पायल गर्ने काम सकिएको खड्काले बताए । उनले निर्धारित समयमै तीन पुलको काम सक्ने लक्ष्य रहेको उल्लेख गरे । दुई पुलको डिजाइन फेल भएको स्वीकार सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । ‘हामीले जुन प्रविधिबाट काम गरिरहेका छौं त्यो सधै सही हुन सक्दैन् तर जमिनमुनीका काम गर्दा कहिलेकाँही फेल खाइन्छ’ सडक डिभिजन कार्यालय सुर्खेतका सव–इन्जिनियर रमेश ओली भने, ‘निर्माण व्यवसायीलाई मर्कामा नपर्ने गरी डिजाइन परिमार्जन भएकाले नयाँ शीराबाट अघि बढ्ने गृहकार्यमा जुटिसकेका छौं ।’ पुरानामा पुलमा फोरलेन सडक अनुसार जोइन्ट गर्नुपर्ने भएकाले फाउण्डेशनमा समस्या देखिएको उनको भनाई छ । तर कार्यालयकै जिम्मेवारी भएकाले परिमार्जन डिजाइन तयार गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गरिदिने उनले उल्लेख गरे । पुल निर्माणको काम समयमै सम्पन्न गर्ने कार्यमा कार्यालय सजक रहेको ओलीको भनाई छ ।  

अल्झनलाई सल्टाउँछु सांसद रावत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनीधि सभाका सांसद नवराज रावतले फोरलन सडक निर्माणमा देखिएका अल्झनलाई सल्टाउने प्रतिवद्धता जनाएका छन् । निर्माणाधिन सडक र पुलको निरीक्षण गर्ने क्रममा रावतले समयमै काम सक्ने वातावरण सिर्जना गरिदिने बताएका हुन् । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणमा रोकावट आउन नहुने बताएका रावतले फोरलेन सडक खण्डमा देखिएका अल्झनलाई किनारा लगाउन स्थानीय सरकार, सम्बन्धीत कार्यालय र निर्माण व्यवसायीसंग छलफल गर्ने उल्लेख गरे । 

‘सडक र पुल निर्माणको पछिल्लो अवस्था बारे जानकारी लिन निरीक्षणमा आएको हुँ’ रावतले भने ‘अबको पाँच वर्षमा जनतालाई विकासको अनुभूत हुने खालको योजनाहरु कार्यान्वयन गर्नमा कटिवद्ध छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो