६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक कालोपत्र हुँदै

२७ माघ २०७५, आईतवार ०४:३३

माघ २७, गलेश्वर (रासस) | दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ । 

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिनुभएको हो । कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । 

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गर्नुभयो । 

बेनीबजार संरक्षणका लागि प्याकेजमा निर्माण शुरु 

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्य शुरु भएको छ । 

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समितिमार्पmत शुक्रबारदेखि काम शुरु गरिएको हो । चार उपभोक्ता समिति गठन गरी निर्माणकार्य थालिएको बेनी नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । 

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अगाडि बढाइएको उहाँको भनाइ थियो । 

रु दुई करोड ८५ लाख लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानीयवासीको १० प्रतिशत श्रमदान रहने वडाध्यक्ष बराइलीले बताउनुभयो । तीन महीना (वैशाख) सम्ममा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महीनामा नै निर्माण सम्पन्न गर्ने गरी फास्टट्र्याकमार्फत निर्माणकार्य अगाडि बढाइने गणेश टोल कालीगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिनुभयो । 

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीगण्डकी नदीको किनारमा १७१ मिटर ग्याविनसहितको अस्थायी पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १८० मिटरमा जाली बिछ्याइने उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प