२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झुलाघाटमा पक्की पुल निर्माणको माग

२०७५, २ फाल्गुन बिहीबार ०६:३१

फागुन २, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं दबाब समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै सरकारका प्रमुखले आश्वासन दिने गरेको तर अहिलेसम्म पुल निर्माण नभएकाले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा पक्की मोटरेबल पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवं समितिका सदस्य खीमानन्द भट्टले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका स्थानीयले यो क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पनि झुलाघाटमा पक्की पुल निर्माण हुनुपर्ने बताएका छन् । 

झुलाघाटमा पक्की पुल निर्माण भएमा आर्थिक गतिविधिमा वृद्धि हुनुका साथै यो क्षेत्रको मुहार फेरिने शाहीलेकका व्यापारी वीरेन्द्रराज पाण्डेयले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि नबढे स्थानीयवासीका तर्फबाट सङ्घर्षका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसका साथै यहाँका राजनीतिक दलले झुलाघाटमा पक्की पुल बनाउने भनेर चुनावी एजेण्डा नै बनाएका थिए । 

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा धेरै पहिलादेखि चर्चामा आएको भए पनि अहिलेसम्म पुल निर्माण कार्यले सार्थकता पाउन सकेको छैन । इष्टइण्डिया कम्पनीले करीब डेढ सय वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलबाट झुलाघाट नाकामा आवतजावत गर्ने गरिन्छ । 

झुलाघाट नाकामा पुल निर्माणका लागि विसं २०५५ मा सर्वेसमेत गरिएको थियो । तर अहिलेसम्म पुल निर्माण हुनसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ