६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झुलाघाटमा पक्की पुल निर्माणको माग

२ फाल्गुन २०७५, बिहीबार ०६:३१

फागुन २, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं दबाब समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै सरकारका प्रमुखले आश्वासन दिने गरेको तर अहिलेसम्म पुल निर्माण नभएकाले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा पक्की मोटरेबल पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवं समितिका सदस्य खीमानन्द भट्टले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका स्थानीयले यो क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पनि झुलाघाटमा पक्की पुल निर्माण हुनुपर्ने बताएका छन् । 

झुलाघाटमा पक्की पुल निर्माण भएमा आर्थिक गतिविधिमा वृद्धि हुनुका साथै यो क्षेत्रको मुहार फेरिने शाहीलेकका व्यापारी वीरेन्द्रराज पाण्डेयले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि नबढे स्थानीयवासीका तर्फबाट सङ्घर्षका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसका साथै यहाँका राजनीतिक दलले झुलाघाटमा पक्की पुल बनाउने भनेर चुनावी एजेण्डा नै बनाएका थिए । 

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा धेरै पहिलादेखि चर्चामा आएको भए पनि अहिलेसम्म पुल निर्माण कार्यले सार्थकता पाउन सकेको छैन । इष्टइण्डिया कम्पनीले करीब डेढ सय वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलबाट झुलाघाट नाकामा आवतजावत गर्ने गरिन्छ । 

झुलाघाट नाकामा पुल निर्माणका लागि विसं २०५५ मा सर्वेसमेत गरिएको थियो । तर अहिलेसम्म पुल निर्माण हुनसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प