२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक अनुदार र कठोर बनेकोप्रति संघ असन्तुष्ट

२०७५, ३ फाल्गुन शुक्रबार ०२:२७

फागुन ३, सुर्खेत । बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसाय विरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर बन्दा समेत राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरेका पनि गरेका छन् ।

राज्यको अकर्मण्यताकै कारण व्यापारी व्यवसायी चौतर्फी चपेटामा पर्दै गएको भन्दै व्यापारीहरुले वित्तीय संस्थाहरु कठोर बने आपूmहरुपनि कठोर बन्ने चेतावनी दिए । संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरुले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य बनाएको टिप्पणी गरे । बैंक र व्यापारी दुबैले व्यापार नै गर्ने भएको हुँदा दुबैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा जोड दिए । उनले आफूहरु व्यापार गरेर बस्न चाहेकले बैंक र वित्तिय संस्थाहरुले अनुदार र कठोर बनेकाले आन्दोलनमा जान बाध्य पारिएको उल्लेख गरे । नीजि क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंक ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रुपमा रहेको राज्यले निजी क्षेत्रको पिरमर्कापनि बुझिदिनुपर्ने उल्लेख गरे । संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले मुद्दति खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको दाबी गरे । बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र  नउकासिने भन्दै उनले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यक्ता औंल्याए । 

संघका पूर्व महासचिव गोपालकृष्ण गिरीले बैंकहरुको संख्या बढेसंगै सेवासुविधा र सहुलियत वृद्धिमा होडबाजी हुनुपर्नेमा ब्याज वृद्धिमा प्रतिष्पर्धा भइरहेको भन्दै असन्तुष्टि पोखे । पूर्व उद्योग उपाध्यक्ष वासुदेव शर्माले चर्को ब्याजदरका कारण व्यापार व्यवसाय चौपट भए त्यसको असर बैंकलाई पनि पर्ने भन्दै एकअर्काको सुरक्षाको सवालमा दुबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रममा बैंकर्स एशोसियन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रमसंगै बढेजस्तै बैंकको ब्यादरपनि समयसापेक्ष रुपमा बढिरहेको तर्क गरे । बैंकको ब्याजदर घटाउने बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने गरी माध्यमका रुपमा काम भने गर्न सकिने जिकिर गरे । ज्योति विकास बैंकका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटर ब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक आर्थिक ढंगले आर्थिक कारोवार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ