२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक विस्तारमा अवरोध

२०७५, ३ फाल्गुन शुक्रबार ०७:५२

फागुन ३, बेत्रावती | सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पुर्याएका छन् । 

‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काम गर्न अवरोध गरेका हुन् । सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा सदस्य विष्णुप्रसाद प्याकुरेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर गएराति छाडिदिएको छ । 

मुआब्जा निर्धारण नभई सडक विस्तार गर्न नदिने अडान राखेर काम गर्न नदिएपछि प्रहरीले नियन्त्रणमा लिएका बासिन्दा र आयोजना पक्षबीच छलफल भएपनि निष्कर्षबिहीन भएको छ । प्रभावित बासिन्दाले सडक विस्तारमा अवरोध कायम गर्ने बताएका छन् । 

योजनाअन्तर्गत सडकको दाँयाबाँया १५–१५ मिटरमा पर्ने साविक दुईपिपल, रातमाटे र जिलिङ गाविसको मुआब्जा निर्धारण भएर रकम वितरण भइरहेको र बाँकी स्थानमा निर्धारण नहुँदा स्थानीयवासीले निर्माणमा अवरोध गर्दै आएका छन् । मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरी स्थानीयवासीले जिल्ला बन्दसमेत गराएपनि मागको सुनुवाइ नभएको समितिका संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो । 

उहाँले आफू विकास विरोधी नभएको तर कानूनले तोकेअनुसार मुआब्जा उपलब्ध हुुनुपर्ने मागको बेवास्था भएकाले निर्माणमा अवरोध गर्नुपरेको बताउनुभयो । आयोजना प्रमुख सुवोध देवकोटाका अनुसार पहिलो चरणमा दुईपिपल, रातमाटे र जिलिङको मुआब्जा निर्धारण भएको र दोस्रो चरणमा साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँ पुलदेखि मैलुङसम्म सडकको दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गर्न लागिएको छ । बाँकी अन्य स्थानमा थप चरणमा निर्णय गर्दै अघि बढ्ने आयोजनाले जनाएको छ । 

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनामार्फत गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । 

रसुवाको मैलुङदेखि स्याफ्रुबँेसीसम्म १८ किमी सडक नेपाली सेनामार्फत ट्र्याक खोलेर गत चैतमा आयोजनालाई हस्तान्तरण भएको थियो । स्याफ्रुबँेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण अघि बढाउन थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ