२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार

२०७५, ३ फाल्गुन शुक्रबार १४:३६

सम्राट सिंह | फागुन ३, बझाङ | सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तारको क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको छ । बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको  कार्यालयबाट यस क्षेत्रका किसानहरुलाई सेवा प्रदान गर्दै आएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यहि फागुन ३ गते देखि जय पृथ्वी नगरपालिका वार्ड नं. १० चैनपुरको शान्तिमार्गमा उपशाखा कार्यालय संचालनमा ल्याएको हो । नेपाल पत्रकार महासंघ बझाङ्ग शाखाका उपाध्यक्ष श्री सम्राट बहादुर सिंहको दूर्घटना बीमा लेख जारी गर्दै कार्यालयको अनौपचारीक शुभारम्भ गरेको छ । बाली तथा कृषि बीमाका अतिरिक्त यस उपशाखाबाट मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, स्वास्थ्य बीमा, दूर्घटना बीमा, लगायत निर्जीवन बीमाका सबै प्रकारका बीमालेखहरु जारिहुने कम्पनीले जनाएको छ । 

मानवीय आवश्यकताहरु मध्ये गाँस, बास, कपास पछिको चौथो आवश्यकताको रुपमा रहेको बीमालाई आम नेपाली समक्ष पु¥याई सरल र चुस्त दुरुस्त सेवा दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेड सक्षम र तत्पर रहेको जनाउँदै यस उपशाखा कार्यालयको स्थापना पछि बीमाको पहुँचमा बृद्धि समेत हुने कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलिले बताउनुभयो । संविधानमा ब्यवस्था गरिएको समाजवाद उन्मूख अर्थ ब्यवस्था र समृद्धिको यात्रामा बीमाको महत्व उल्लेखनिय हुने हुँदा राष्ट्रिय बीमा कम्पनीले यस क्षेत्रमा सहज र सरल रुपमा सेवा विस्तार गर्दै जनताको मन जित्न सफल हुने समेत उहाँको भनाइ छ ।

बझाङ्ग जिल्लाको आर्थिक विकासको लागि बैंकहरुको प्रवेशसँगै बीमाको आवश्यकता महशुस गरिएको सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रवेश नगरवासी तथा आम बझाङ्ग वासीहरुका लागि उत्साहको विषय बन्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ