२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिने

२०७५, ७ फाल्गुन मंगलवार १०:४६

फागुन ७, कावासोती | नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । 

विपन्न आवास कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका २७ परिवारलाई घर निर्माण गरिदिन लागिएको हो । नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि घर निर्माण गरिदिन लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । 

“विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरिदिन लागिएको हो”, नगर प्रमुख पुनले भन्नुभयो, “हामी प्रत्येक वर्ष विपन्न नागरिकको घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै जानेछाँै । नगरभित्रका हरेक पिछडिएका समुदायको उत्थान गर्नु, सबैलाई सबल बनाउने आफूहरुको योजना रहेको बताउँदै यसैको निरन्तरता स्वरुप घर निर्माण कार्यक्रम भएको प्रमुख पुनले बताउनुभयो । 

कावासोती नगरपालिका वडा नम्बर ७, ११, १२ र १३ मा गरी २७ घर निर्माण गर्न लागिएको हो । कावासोती ७ र १३ मा दश वटाका दरले घर निर्माण गरिने छ । वडा नम्बर ११ मा चार र वडा नम्बर १२ मा तीन वटा घर निर्माण गरिने छ । गएको आर्थिक वर्षमा कावासोती नगरपालिका–१५ मा १० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । 

माझी मुसहर समुदायका परिवारलाई घर निर्माण गर्ने निर्णयअनुसार प्रक्रिया शुरु गरेको कावासोती नगरपालिका–१२ का अध्यक्ष एवं प्रवक्ता खेमप्रसाद काफ्लेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर रु दुई लाख प्रदान गरिने छ । दुई कोठाको टिनले छाएको पक्की घर निर्माण गरिने कावासोती नगरपालिकाका प्रवक्ता काफ्लेले बताउनुभयो । 

वडाका अति विपन्न परिवारलाई वडाले पहिचान गरी सिफारिस गरेअनुसार नगरपालिकाले घर निर्माण गर्न लागेको हो । घर यसै आवभित्रमा निर्माण गरी हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ