६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

१२ फाल्गुन २०७५, आईतवार ०९:३६

फागुन १२, ठिनी | सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महीनादेखि यातायात सेवा प्रभावित बनेको छ । 

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको सक्रियतामा सडक खुलाउन शुरु गरिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । 

अध्यक्ष विष्टका अनुसार घन, गल, गैती, बेल्चालगायतका सहायताले हिउँ पन्छाएर सडक खुलाउन थालिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका एक महीनादेखि सडक यातायातबाट विच्छेद छ । चिसो बढेपछि गत कात्तिकमा बेँसी झरेका उपल्लो मुस्ताङवासी केही दिनयता बढेको गर्मीसँगै घर फर्कन थालेका छन् । 

स्की खेलको प्रशिक्षण 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा जमेको हिउँमा खेलिने स्की खेलको प्रशिक्षण शुरु भएको छ । निरन्तरको हिमपातपछि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा स्कीको प्रशिक्षण शुरु गरिएको हो । 

स्की खेलप्रति स्थानीयको उत्साह र चासो बढेकाले हिमालय स्की टे«क र होटल ग्राण्ड साव्वालको संयुक्त आयोजनामा स्की खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक सुरज गुरुङले जानकारी दिनुभयो । 

हिउँभित्र छिर्न नसक्ने विशेष प्रकारको जुत्ता तथा लठ्ठीको सहायताले हिउँमा दौडने स्की खेल प्रशिक्षणको पहिलो दिन मुस्ताङ जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

स्की खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रख्यात भएको र केही दिन अगाडि मुक्तिनाथ क्षेत्रमै राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएकाले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षणको शुरुआत गरिएको गुरुङको भनाइ छ । 

एक सातासम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा युरोप क्षेत्रमा स्कीको प्रशिक्षण दिँदै आउनुभएका सञ्जीव थापा, हिमालय स्की टे«कका राम थापा र होटल सञ्चालक सुरज गुरुङले प्रशिक्षण दिने जनाइएको छ । 

प्रशिक्षणमा मुस्ताङका स्थानीय, मुस्ताङ क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य ठाउँबाट पनि खेलाडीहरु सहभागी भएका छन् । मुस्ताङमा बढ्दो मौसमी पर्यटनको विकल्पकारूपमा बेमौसमी पर्यटनको विकासका लागि सोहीअनुसारका खेल प्रतियोगिता तथा प्रशिक्षणको काम गरिएको आयोजकले जनाएको छ । 

“गर्मीको याममा मात्र पर्यटकहरु मुस्ताङमा आउने गर्दछन्, तर हिमपात भएका बेला पनि मुस्ताङ घुम्नुपर्छ भन्ने भावना सिर्जना गर्न हामीले स्की खेलको प्रशिक्षण शुरु गरेका हौँ”, गुरुङले भन्नुभयो ।

रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प