२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतको कुस्मा र म्याग्दीको बेनीमा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा खुल्यो

२०७५, २२ चैत्र शुक्रबार ०२:४२

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ ।
मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो ।

उहाँले बैंकले शहरबजारमा मात्रै नभई ग्रामिण क्षेत्रमा समेत सहज र सुलभ सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । ‘जनताले बैंक खोज्दै आउने र सन्तुष्ट भएर जाने वातावरण बनाउन सक्नुपर्छ’ उहाँले भन्नुभयो ‘बैंकहरुका बिचमा प्रतिष्पर्धा भएपनि जनताको मन जित्न सके ब्यबसायमा पकड जमाउन कठिन छैन’

२०६३ सालमा पर्वतको छिमेकी स्याङ्गजामा स्थापना भएको बैंकले पर्वतको कार्किनेटामा पाँच बर्ष अघि देखि नै शाखा सञ्चालनमा ल्याएको थियो । बैंकले असार मसान्त सम्म देशभर १ सय २० शाखा सञ्चालन गर्ने बैंकका अध्यक्ष खिमप्रकाश मल्लले जानकारी दिनुभयो । उहाँले बैंक खोज्न जनता आउने नभई जनता खोज्दै बैंक जानुपर्छ भन्ने मान्यता सहित काम गर्दै आएका कारण छोटो समयमा नै मुक्तिनाथ बैंकले राष्ट्रियस्तरको बिकास बैंकमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउनुभयो।

मुक्तिनाथ बिकास बैंकको हाल ३ अर्ब ६ करोड चुक्तापुंजी रहेको छ भने ३८ अर्ब निक्षेप संकलन गरि ३२ अर्ब रुपैंया कर्जा प्रवाह गरेको क्षेत्रिय प्रबन्धक बाबुराम ढकालले जानकारी दिनुभयो । बैंक सञ्चालक समितिले थप २० शाखा सञ्चालन गर्ने निर्णय गरिसकेकाले आगामी बर्ष देशभर १ सय ४० शाखा बिस्तार हुने र आगामी दिनमा बाणिज्य बैंकको रुपमा स्थापित हुने गरि काम गरिरहेको प्रबन्धक ढकालले जानकारी दिनुभयो ।

यसैबिच बैंकको शाखा उद्घाटनमा बोल्ने ब्यबसायी र जनप्रतिनिधीले उच्च ब्याजदरको कारण ब्यबसायीहरु मर्कामा पर्दै आएका कारण ब्याजदर पुनरावलोकन गर्न र अस्वस्थ प्रतिष्पर्धा त्याग्न आग्रह गरे। पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बैंकहरुले ऋण सम्झौता भएपनि कम्तीमा पनि एक बर्ष ब्याजदर नबढाउन आग्रह गर्नुभयो ।

‘बैंकहरुले ग्राहक तान्न शुरुमा एक प्रतिशत सम्म ब्याज छुट दिने कामले बजारमा अस्वस्थ प्रतिष्पर्धा बढेको छ’ अध्यक्ष शर्माले भन्नुभयो‘तीन महिना पछि ब्याजदर बढाउँदा ब्यबसायी पनि मर्कामा परेका छन । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य तथा महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष होमनारायण श्रेष्ठले पर्वतमा बजारमा थेग्न नसक्ने गरि बैंक र बित्तिय संस्थाको ओइरो लागेको चर्चा गर्दै स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देबेन्द्र सुबेदी, कुस्मा ४ की अध्यक्ष मिना कर्माचार्य लगायतले आफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा शाखा प्रबन्धक प्रकाश सुबेदीले स्वागत र कर्मचारी नगेन्द्रराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

यसैगरि बैंकको ११३ औ शाखाको रुपमा म्याग्दीको बेनी शाखाले पनि बिहीबार देखि नै औपचारिक शुरुवात गरेको छ । बेनी शाखाको पनि बिहीबार नै उद्घाटन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा