२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा केवलकार सञ्चालन हुने

२०७५, २८ चैत्र बिहीबार १३:१९

चैत २८, रामपुर (रासस) | पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताउनुभयो । 

तिनाउ – ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल– ३ बमघाटमा तल्लो सबस्टेशन रहने गरी करीब ३ किमीमा झण्डै १८ देखि २०  केवलकार सञ्चालन गरिने प्रालिले जनाएको छ । पाँच वर्षअघि सर्वेक्षण भइसकेको त्यस क्षेत्रमा केवलकार सञ्चालनका लागि रु तीन  अर्ब ५२ करोड लागत लाग्ने  अनुमान गरिएको छ ।  वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र  १५० कोठासहितको सुविधासम्पन्न होटल –रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको प्रालिका प्रोपाइटर विकको भनाइ छ । 

रुपन्देही तथा पाल्पा क्षेत्रका बासिन्दालाई जतिसक्दो स्वरोजगार  बनाउने र अधिकतम रुपमा पर्यटकलाई भित्र्याउने योजना प्रालिको  छ । प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजनाले केवलकार सञ्चालन गरिने भएको हो । लुम्बिनी आएका पर्यटकलाई पाल्पाका पर्यटकीय क्षेत्रको अवलोकनपछि मात्रै पोखरा पुग्ने वातावरण मिलाइने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो ।

प्रदेश नम्बर ५ को मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित बुटवल रुपन्देहीको सिमानाका रुपमा रहेको तिनाउँ गाउँपालिकामा रहेर ओझेलमा परेको सुकेताललगायत पाल्पाकै बहिरीदेवी सत्यवतीको विकासमा समेत नयाँ योजना ल्याउने तयारी रहेको विकले बताउनुभयो ।  केवलकार सञ्चालनसँगै स्थानीय ६० प्रतिशत नागरिकलाई रोजगारी दिइने र पाल्पामा दैनिक १० लाख पर्यटक भित्र्याइने केवलकार प्रालिका प्रोपाइटर विकको धारणा छ  ।

एशियाकै ठूलो त्रिशूल, पाल्पाली करुवा र ढाका  तथा नेपालको ताजमहल रानीघाटको  नामले पर्यटक पाल्पा आउने गरे पनि अब केवलकारबाट पर्यटकलाई आकर्षण गर्नु राम्रो भएको तिनाउका अध्यक्ष सारुको भनाइ छ । केवलकार सञ्चालनका लागि पाल्पा तथा रुपन्देही बुटवलका सरोकार पक्षको छलफलपछि अब छिट्टै शिलान्यास गरेर दुई वर्षभित्र काम सक्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा