६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वरोजगारका लागि निव्र्याजी ऋण

४ बैशाख २०७६, बुधबार १०:४२

वैशाख ४, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ । 

गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । 

व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निव्र्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । आयआर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भन्नुभयो, “ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ ।” 

यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारिमा गएका छन् । सबैभन्दा बढी वडा नं. ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं.७ बाट ६१३ जना विदेश पलायन भएका छन् । विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या