२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासका लागि एकमत भएर लाग्ने प्रतिवद्धता

२०७६, ४ बैशाख बुधबार १५:०५

रेशमराज रोकाया | वैशाख ४, हुम्ला | सिमकोट गाउँपालिकाको हरेक विकास निर्माणको काम अब सहज हुने भएको छ । कार्यपालिका सदस्य लगायत विकास निर्माणसँग सरोकार राख्ने सबै महानुभावले आज एक कार्यक्रम विच यस्तो निर्णय गरेका हुन् । विरोधका लागि विरोध गरेर समाज परिवर्तन र विकास नहुने भन्दै कार्यक्रमका अधिकाँश वक्ताले विकास निर्माणमा एकमत भई लागेमा मात्र आफ्नो ५ वर्षे कार्यकाल सुखद र उदाहरणिय हुने बताएका छन् । 

विकास निर्माणको विषयमा हिउँदे अधिवेसन फाल्गुण ३० मा भएको सामान्य मनमोटावलाई ध्यानमा राखी आयोजना गरिएको समिक्षा कार्यक्रममा  आगामी दिनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र समर्थन रहनेमा सबैको जोड रहेको थियो । कार्यपालिकाका अन्य सदस्यलाई आफुले अनौपचारिक रुपमा नै भेटघाट र छलफल गरी समस्याको समाधान गर्ने प्रयास गरेको र आगामी दिनमा विकासको खाँचो भएको ठाउँमा मात्र योजना निर्माण गरी कार्यन्वयनमा लैजाने सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाले बताउनु भयो । हरेक कार्यपालिकाको सदस्यको भावनालार्य बुझ्दा विकासको निर्माणको पक्षमा नै रहेको भएता पनि यसलाई बुझ्न र कार्यन्वयन प्रक्रियालाई बुझ्न नसक्नु हामी सबैको कमजोरी भएको लामाले बताउनु भयो । 

बजारमा हुने अनावश्यक हल्लाको पछि लाग्नु भन्दा यसलाई संक्रमणकालिन व्यवस्थाको फाईदा उठाउनेको पछि नलाग्न समेत लामाले अनुरोध गर्नु भयो । हरेक अन्यौलता र असमझदारीलाई बसेर छलफलको माध्यमबाट नै समाधान गरिनु पर्नेमा प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । काम गर्ने शिलशिलामा कहीँ कतै केही कमी कमजोरी रहने मानविय प्रवृत्तीलाई सबैले सहज रुपमा लिनु पर्नेमा वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बताउनु भयो । अन्यौलता र असमझदारकिो कारण हिउँदे अधिवेसनको पहिलो वैठक बहिस्कार सम्म हुन पुगेको तितो यथार्थतालाई शिक्षा लिँदै प्रदेशसँग समपुरक र विशेष अनुदानको लागि निर्णय गर्नु पर्ने अन्तिम समय आएकोले सोही अवधीमा केही समस्या आएको भएता पनि विकास निर्माणमा कोही कसैबाट त्यस्तो अवरोध आउनु राम्रो नभएको पालिकामा रहेका सरोकारवालाले बताएका थिए । 


माथिको तश्वीरमा: सिमकोट पालिका अध्यक्ष पदम बहादुर लामा कार्यपालिका सदस्यसँग कार्यक्रममा बोल्दै । तश्वीरमा: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा