२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी बर्षको बजेटका लागि छलफल

२०७६, ११ बैशाख बुधबार १४:३९

वैशाख ११, सुर्खेत । प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि पूर्व बजेट छलफल सुरु गरेको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको छलफलमा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको समृद्धिका लागि राष्ट्रिय पुँजीको बिकास जरुरी भएको बताए । राष्ट्रिय पुँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।


‘हामी अहिलेसम्म आयातमा निर्भर छौं’उनले भने, ‘अव निर्यातलाई बढाउन उत्पादन बढाउने गरी योजना बनाउन जरुरी छ ।’ कर्णालीको विकासका लागि भौतिक पुर्वाधारमा प्राथमिकता दिनु पर्ने उनको भनाई छ । सडक र विद्युत अभावमा कर्णालीमा उद्योगधन्दाहरुको बिकास हुन नसकेको भन्दै आगामी बजेटमा संघीय सरकारले कर्णालीको पूर्वाधार बिकासलाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्नेमा उनको जोड छ । तत्काल कोहलपुर–सुर्खेत सडकलाई स्तरोन्नती गरी चारलाइन बनाउनु गरी संघीय सरकारको प्राथमिकतामा पार्नु पर्ने उनले बताए ।

प्रतिनिधी सभाको अर्थसमितिका सदस्य तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी ववई डाईभर्सन वहुउद्देश्यीय आयोजनाबाट उत्पादित ४८ मेगावाटविद्युत पहिलो हकदार कर्णाली प्रदेश हुनु पर्ने बताए । ‘यो तपाईहरुको अधिकार हो’उनले भने, ‘विद्युत आयोजनाको निर्माण कार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’विद्युत आयोजना पाउनुपर्ने कर्णालीको माग न्यायिक रहेको भन्दै पाण्डेले विद्युत आयोजना निर्माण गरि हस्तातरण गर्ने मोडालिटि तयार गर्न संघीय सरकारका उर्जामन्त्री र अर्थमन्त्रीलाई बोलाएर निर्देशन गर्ने जनाए । वजेटको अवस्था, जनशक्ति र आन्तरिक क्षमतालाई विश्लेषण गरेर मात्रै योजना निर्माण गर्नुपर्ने उनको भनाई छ ।


कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेशसभा अर्थ समितिका सभापति अमरसिंह थापा लगायतले कर्णालीको विकास योजनाको प्राथमिकताका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी