६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी बर्षको बजेटका लागि छलफल

११ बैशाख २०७६, बुधबार १४:३९

वैशाख ११, सुर्खेत । प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि पूर्व बजेट छलफल सुरु गरेको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको छलफलमा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको समृद्धिका लागि राष्ट्रिय पुँजीको बिकास जरुरी भएको बताए । राष्ट्रिय पुँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।


‘हामी अहिलेसम्म आयातमा निर्भर छौं’उनले भने, ‘अव निर्यातलाई बढाउन उत्पादन बढाउने गरी योजना बनाउन जरुरी छ ।’ कर्णालीको विकासका लागि भौतिक पुर्वाधारमा प्राथमिकता दिनु पर्ने उनको भनाई छ । सडक र विद्युत अभावमा कर्णालीमा उद्योगधन्दाहरुको बिकास हुन नसकेको भन्दै आगामी बजेटमा संघीय सरकारले कर्णालीको पूर्वाधार बिकासलाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्नेमा उनको जोड छ । तत्काल कोहलपुर–सुर्खेत सडकलाई स्तरोन्नती गरी चारलाइन बनाउनु गरी संघीय सरकारको प्राथमिकतामा पार्नु पर्ने उनले बताए ।

प्रतिनिधी सभाको अर्थसमितिका सदस्य तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी ववई डाईभर्सन वहुउद्देश्यीय आयोजनाबाट उत्पादित ४८ मेगावाटविद्युत पहिलो हकदार कर्णाली प्रदेश हुनु पर्ने बताए । ‘यो तपाईहरुको अधिकार हो’उनले भने, ‘विद्युत आयोजनाको निर्माण कार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’विद्युत आयोजना पाउनुपर्ने कर्णालीको माग न्यायिक रहेको भन्दै पाण्डेले विद्युत आयोजना निर्माण गरि हस्तातरण गर्ने मोडालिटि तयार गर्न संघीय सरकारका उर्जामन्त्री र अर्थमन्त्रीलाई बोलाएर निर्देशन गर्ने जनाए । वजेटको अवस्था, जनशक्ति र आन्तरिक क्षमतालाई विश्लेषण गरेर मात्रै योजना निर्माण गर्नुपर्ने उनको भनाई छ ।


कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेशसभा अर्थ समितिका सभापति अमरसिंह थापा लगायतले कर्णालीको विकास योजनाको प्राथमिकताका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या