२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक खन्दा पुलको काममा बाधा

२०७६, १४ बैशाख शनिबार १०:४७

चिसाङ शेर्पा । बैशाख १४, खोटाङ । झोलुङगे पुल निर्माण भइरहेको स्थानमा माथिवाट सडक खनिएपछि पुल निर्माणमा बाधा पुगेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र उदयपुरको वलम्ता विचमा पर्ने सुनकोशी नदीमा निर्माण भईरहेको झोलुङगे पुल निर्माणमा बाधा पुगेको हो । माथिबाट सडक खनिएपछि ढुंगा माटोले पुल बन्ने स्थानको संरचना नै पुरेको छ । 

गत वर्षको पुस १७ गतेबाट रुजन के निर्माण सेवाले १ करोड ३० लाखमा पुलको काम थालेको थियो । पुलका लागि राजापानी साईडमा फण्डिसनको काम भईरहेको भएता पनि माथिबाट सडक खन्दा ढुंगा माटो झरेर फण्डिसन पुरिएको र भिरालो भएर साईडमा गएर काम गर्न सकिने स्थिती नभएको कन्ट्रयाक्टर पेशल कुमार राईले बताए । संसदीय कोषको बजेटबाट निर्माण भईरहेको सडकको ढुंगा, माटो साईडमा आएर काम गर्ने स्थिती नहुंदा १ महिना २३ दिन काम बन्द भयो । उनले भने, काम गरौ गर्न सकिने अवस्था छैन । सडक खनेकै कारण कुनै पनि वेला पहरा खस्ने खतरा छ । कसरी काम गर्ने ।’ 

काममा बाधा पुगेपछि १८ महिनामा सकिनु पर्ने २ सय ८७ मिटर लम्बाईको पुलको काम सम्झौता अवधिमा निर्माण नहुने भएकोे छ । सडक खन्दै जादा बचाउने प्रयत्न गरिए पनि केही मात्रामा ढुंगो माटो खसेको रेग्मीटार भाडबेशी धितुङ हलेसी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष कुमार वुढाथोकीले बताए । खाशै ठूलो समस्या हैन । अलिअलि माटो झरेको छ । प्राविधिकलाई नाप्न लगाए वजेट पनि छुटाई दिने निर्णय गरेका छौ । उनले भने ‘वास्तविक समस्यालाई समाधान हुने वजेट दिनेछौ ।’ पुल र सडकको काम लगभग सँगसँगै भएकाले केही मात्रामा धुलो झरेको अध्यक्ष वुढाथोकीले सुनाए । संसदीय कोषको ५० लाख बजेटबाट सो सडक निर्माण भइरहेको हो ।

सडक खन्दा पुल बन्ने स्थान पुरिएर अलिअलि बनेको संरचना नै मेटिएकोे हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले बताईन् । सडक खन्नु अघि पुलको कामको मुल्याङकन, अथवा अगाडी पछाडी गर्नुपर्ने थियो । तर काम गर्दै गरेको अवस्थामा माथिबाट सडक खनेर पुरिसकेपछि समस्या चाहिं आएकै हो । उपप्रमुख राईले भनिन्, ‘दुवैजना ठेकेदार भएकाले समन्वय गरेर समाधान गर्नुपर्छ ।’ यसवारेमा आफूलाई जानकारी नभएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन