६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ : दुई सडक शिलान्यास

१५ बैशाख २०७६, आईतवार ०७:१६

वैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका काम जिम्मा लिएको छ । साकेला गाउँपालिका–५ मात्तिमस्थित साप्सुखोला किनारमा शनिबार प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सडक स्तरोन्ततिको शिलान्यास गर्नुभएको हो ।

दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक (२१ किलोमिटर) मध्ये हाल ७.५ किलोमिटर खण्ड स्तरोन्नति गर्नेगरी काम थालिएको छ  । रु एक करोड ७९ लाख ४० हजारमा सो काम पूरा गर्ने गरी गत वैशाख २ गते सम्झौता गरिएको थियो ।

यस्तै, कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ (२२ किलोटिमर) मध्ये ७.५ किलोमिटर खण्ड काम गर्नेगरी काम थालिएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । काष्ठमण्डप–आजाद जेभीले रु दुई करोड २३ लाख १२ हजारमा काम पूरा गर्नेगरी सो सडक स्तरोन्नति ठेक्का लिएको हो ।

 मूर्तिकार रोजनलाई पुरस्कृत गरिने

कुशल तथा प्रतिभावान मूर्तिकारका रुपमा देशविदेशबाट दर्जनौँ पुरस्कार पाउनुभएका खोटाङका मूर्तिकार रोजन राई आफ्नै जिल्लामा भने पहिलोपटक पुरस्कृत हुँदै हुनुहुन्छ । करीब दुुई दशकदेखि निरन्तर मूर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मूर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

 प्रतिमा तथा मूर्ति निर्माणका लागि देशविदेशबाट झिकाइ प्रशंसा तथा सम्मान गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई वैशाख २१ गते ‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिने आयोजकले जनाएको छ  । जिल्लाकै फरक प्रतिभाका धनी युवाले  मूर्तिकलाका माध्यमबाट आफू, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या