२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ : दुई सडक शिलान्यास

२०७६, १५ बैशाख आईतवार ०७:१६

वैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका काम जिम्मा लिएको छ । साकेला गाउँपालिका–५ मात्तिमस्थित साप्सुखोला किनारमा शनिबार प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सडक स्तरोन्ततिको शिलान्यास गर्नुभएको हो ।

दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक (२१ किलोमिटर) मध्ये हाल ७.५ किलोमिटर खण्ड स्तरोन्नति गर्नेगरी काम थालिएको छ  । रु एक करोड ७९ लाख ४० हजारमा सो काम पूरा गर्ने गरी गत वैशाख २ गते सम्झौता गरिएको थियो ।

यस्तै, कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ (२२ किलोटिमर) मध्ये ७.५ किलोमिटर खण्ड काम गर्नेगरी काम थालिएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । काष्ठमण्डप–आजाद जेभीले रु दुई करोड २३ लाख १२ हजारमा काम पूरा गर्नेगरी सो सडक स्तरोन्नति ठेक्का लिएको हो ।

 मूर्तिकार रोजनलाई पुरस्कृत गरिने

कुशल तथा प्रतिभावान मूर्तिकारका रुपमा देशविदेशबाट दर्जनौँ पुरस्कार पाउनुभएका खोटाङका मूर्तिकार रोजन राई आफ्नै जिल्लामा भने पहिलोपटक पुरस्कृत हुँदै हुनुहुन्छ । करीब दुुई दशकदेखि निरन्तर मूर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मूर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

 प्रतिमा तथा मूर्ति निर्माणका लागि देशविदेशबाट झिकाइ प्रशंसा तथा सम्मान गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई वैशाख २१ गते ‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिने आयोजकले जनाएको छ  । जिल्लाकै फरक प्रतिभाका धनी युवाले  मूर्तिकलाका माध्यमबाट आफू, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित