६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

१६ बैशाख २०७६, सोमबार १५:५८

बैशाख १६, बारा । पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । 

गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो ।  

हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । 

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार यहाँ पुगेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे ।

एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको उनले जानकारी दिए । 

छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले समयमा निर्माण सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेसमेत जानकारी दिए । 

उनले भने, ‘यहाँका जनताले प्राकृतिक विपत्तिको भार सहनुप¥यो, छिटोभन्दा छिटो त्यो पीडाबाट मुक्ति दिलाउन सरकारले यो निर्णय गरेको छ र निर्माण गर्ने जिम्मेवारीअनुसार कुनै पनि बाधा व्यवधान हुने छैन, काम सम्पन्न गर्नेछ ।’

नेपाली सेनाका ७५० भन्दा बढी इञ्जिनीयर, प्राविधिकले यही वैशाख २१ गतेबाट औपचारिक रुपमा काम थालिने जानकारी दिँदै मन्त्री पोखरेलले जहाँ जस्तो अवस्थामा पनि तत्काल जनतालाई राहत दिने हिसाबले निर्माण कार्य हुनेछ भने । 

निरीक्षणका क्रममा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापाले यहाँ बनाइने घरको डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बताउँदै एउटा घरमा दुई वटा बस्ने कोठा, एक भान्छा कोठा र एक शौचालय रहने जानकारी दिए । 

उनले यहाँको वातावरणअनुसार ती घरहरुको निर्माण हुने विश्वास व्यक्त गर्दै आफूहरुले पाएको गहन जिम्मेवारी सफलतापूर्व निर्वाह गर्ने बताए ।

पुनर्निर्माण कार्यका लागि विभिन्न १२ ठाउँबाट १२ समूह बनाई काम थालिने र त्यसमा दुई हजार ६०० भन्दा बढी नेपाली सेना संलग्न भएर काम सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए । 

आचारसंहितसमेत बनाएर पुनर्निर्माण कार्य गर्ने लक्ष्यका साथ नेपाली सेना अगाडि बढेको र आर्थिक नियमअनुसार सामान खरीद गरी समयमै निर्माण सम्पन्न उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या