२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धाँचुखोला लघुजलविद्युत आयोजना सिलान्यास

२०७६, १९ बैशाख बिहीबार १६:०३

बैशाख १९, कालिकोट । नरहरिनाथ गाउँपालिकाको धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गरिएको छ । राष्ट्रिय सभा सदस्य जीवन बुढाले विहीबार एक समारोहकाबीच विद्युत आयोजनाको सिलान्यास गरेका हुन् । नरहरीनाथ गाउँपालिकामा हालसम्म विद्युतीकरण भई सकेको छैन । गाउँपालिकामा विद्युत सेवा विस्तार गरी गाउँपालिको बिकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।


धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य बुढाले अवको एक बर्षभित्र आयोजना सम्पन्न गरी गाउँपालिकामा विद्युतीकरण गर्ने दाबी गरे । ‘अबको एक वर्षभित्रगाउँपालिका ऊर्जामा आत्मनिर्भर हुन्छ’ उनले भने । निर्माणमा रहेका र तत्काल निर्माणमा जानसक्ने आयोजनाको काम सुरु हुँदा ऊजासंकट कम उनको भनाई छ । बर्षौदेखि विद्युतीकरण नहुँदा वैकल्पिक ऊर्जाको भर पर्नु पर्ने बाध्यता अब नरहने उनले बताए । ‘अब टुकीको भर पर्नु पर्ने बाध्यता रहँदैन’ उनले भने ।

आयोजनाका लागि रकमको अभाव हुन नदिने सांसद बुढाले बताइए । विकासका लागि सबै पक्षको एकता जरुरी भएको भन्दै उनले गाउएँपालिकाको बिकासका लागि पनि सबै पक्षको एकता आवश्यक भएको औल्याए । विद्युत उत्पादन गरेर मात्र नहुने भन्दै विद्युत खपतका लागि पनि प्रभावकारी योजना र उद्योगको बिकास गर्नु पर्ने आवश्यक रहेको उनको भनाई छ । ‘विद्युत भएर मात्र भएन त्यसको खपतका लागि पनि हामीले सोच्नु प¥यो’ उनले भने, ‘त्यसका लागि उद्योग धन्दको स्थापना गर्न जरुरी छ ।’ उद्योग धन्दाको बिकासले गाउँमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाई छ ।

केन्द्र सरकारको १९ करोड लागतमा निर्माण गरिने ४२४ किलोवाट क्षमताको लघुजविद्युत आयोजनाको काम १ वर्षभित्र पुरा गर्ने गरी काम थालिएको छ । यहाँको विद्युत् उत्पादन गरी बिस्तार गर्न सके नरहरीनाथ गाउँपालिकाका ३ हजार ९ सय १० घरधुरी लाभान्वित हुने छन् । धाँचुखोला लघुजलविद्युत आयोजनाको काम सुरु भए पछि स्थानीयबासी खुसी भएको नेपाली काँग्रेसका प्रवक्ता नगेन्द्र विष्टले बताए । १ वर्षभित्रमा विद्युत् विस्तार भए परम्परागत पानी घट्ट, धुँवावाला चुलो तथा अन्य उद्योग धन्दा सञ्चालनमा सहयोग पुग्ने उनले बताए ।

जिल्लाको दुर्गम मानिने नरहरिनाथ गाउँपालिकामा विद्युतको पहुँच पुगेपछि स्थानीयबासीको आयआर्जन बढाएरजीवनस्तर उकास्न सकिने गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । गाउँपालिका र सथनीयबासीको निरन्तर प्रयासका कारण धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गर्न सफल भएको उनको भनाई छ । भौगोलिक विकटता र आर्थिक स्रोतका कारण अघि बढ्न नसकेकाले अब आर्थिक स्रोतको समस्या नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा