२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चमेलिया वरपर अझै अन्धकार

२१ बैशाख २०७६, शनिबार १६:४४

नरेन्द्रसिंह कार्की | वैशाख २१, दार्चुला (रासस) | शैल्यशिखर नगरपालिका–१ शिखरमा उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजना वरपरको क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का लगाइएको डेढवर्षसम्म पनि विद्युतीकरण पूरा हुननसक्दा अझै यो क्षेत्र अन्धकार छ । 

यो क्षेत्रमा उत्पादन गरिएको विद्युत्ले सुदूरपश्चिमका विभिन्न जिल्लामा उज्यालो बनाउँदा आयोजना क्षेत्र वरपर अझै अन्धकार छ । विसं २०७४ माघ २७ गते चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्दा चमेलिया प्रभावित क्षेत्र वरिपरी तीन महीनाभित्रै विद्युतीकरण हुने बताइए पनि डेढवर्षसम्म काम पूरा नहुँदा अन्धकार भएको हो ।

प्रभावित क्षेत्रका स्थानीयवासीले विद्युत् नपुर्याई उद्घाटन गर्न नहुने आवाज उठाएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया वरपरको क्षेत्रमा तीन महिनाभित्रै विद्युतीकरण गरिने बताउनुभएको थियो । निर्माण शुरु भएको ११ वर्षपछि विद्युत् बलेको थियो । लामो समय लगाएर निर्माण सम्पन्न भएको चमेलियाले सुदूरपश्चिममा लोडसेडिङ अन्त्य गरेपनि चमेलिया वरपरका दार्चुला र बैतडीका स्थानीयवासीले विद्युत् बाल्न पाएका छैनन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रभावित क्षेत्रमा विद्युत् विस्तारका लागि आर्थिक वर्ष ०७४/७५ मै बोलपत्र आह्वान गराए पनि अझै कार्य पूरा हुनसकेको छैन् । निर्माण व्यवसायीको लापरवाहीले प्रभावित क्षेत्रका स्थानीयवासीले डेढवर्षसम्म पनि विद्युत् पाएका छैनन् । अहिले पनि निर्माण व्यवसायीले काममा दिलासुस्ती गर्दा ढिलाइ भइरहेको शैल्यशिखर–१ शिखरका स्थानीयवासी लालबहादुर विकले बताउनुभयो । 

“गाउँ वरिपरी विद्युत्का पोल गाडिएका छन्, तार तानिएका छन्, तर स्थानीयवासीले विद्युत् बाल्न पाएका छैनन्”, उहाँले भन्नुभयो, “यहीँबाट उत्पादन गरिएको विद्युत्ले सबैक्षेत्र झकमक उज्यालो बनाउँदा यहाँका सयौं घरधुरीले उज्यालो बाल्न पाएका छैनन् ।”

प्राधिकरणले कूल रु ९८ लाख बजेट विनियोजन गर्दै बोलपत्र आह्वान गरेकामा अमृत कन्ट्रक्सन प्रालिले कूल रु २७ लाख नौ हजारको लागतमा बोलपत्र हालेको थियो । झण्डै तेब्बर कम बजेट घटी रकममा ठेक्का हालेको निर्माण व्यवसायीले अहिले काममा ढिलासुस्ती गरेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताउनुभयो । 

 निर्माण व्यवसायीले ०७५ असार १९ गते सम्झौता गरेको थियो । चार महीनाभित्रै कामसक्ने गरी सम्झौता भएको कम्पनीले अझै काम पूरा गरेको छैन् । “पटक/पटक म्याद थप्ने काम भइरहेको छ, हामीले निर्माण व्यवसायीलाई ताकेता गरेका छौ”, उहाँले भन्नुभयो ।

प्रभावित क्षेत्र शैल्यशिखर र बैतडीको डिलाशैनी गाउँपालिकाको क्षेत्रमा विद्युत् विस्तार गरिने गरी बोलपत्र आह्वान गरिएको थियो । प्रभावित क्षेत्र अन्तर्गत छेट्टा, सिमार, खैरान, बगडी, तल्लोबगडी, बत्थई, भइकडा, टुँडा, बलाँच, वारिल, सिजिवन, थुम, थाला, देथला, जोगेडा, मकन्ना लगायतका गाउँमा विद्युतीकरणका लागि बोलपत्र भएको हो । 

“सम्झौता अनुसार कात्तिक मङ्सिरमै विद्युत् बाल्नुपर्ने हो”, उहाँले भन्नुभयो, “तर अझै काम बाँकी छ ।” ठेक्का सम्झौतामा प्राधिकरणबाट प्राप्त बजेटले ४५० विद्युत् पोल, ११ केभीएका १० किलोमिटर प्रशारणलाइन विस्तार गरिने लक्ष्य थियो । सो सम्झौतामा २० किलोमिटर शाखा लाइन विछ्याइनुका साथै आठ वटा ट्रान्सफार्मर राखिने उल्लेख छ । वितरण केन्द्रका अनुसार २५ र ५० केभिए क्षमताका ट्रान्सफार्मर राखिने छन् ।

उक्त क्षेत्रमा काम गर्दै आएका निर्माण व्यवसायीका प्रतिनिधि लोकश आगारीले भने काम भइरहेको बताउनुभयो । बीचमा सामान ल्याउन नसक्दा केही ढिलाइ भए पनि अहिले काम सुचारु रहेको उहाँको भनाइ छ । चमेलियामा उत्पादन गरिएको विद्युत् सदरमुकाम खलङ्गा ल्याउने काम पनि प्रभावित भएको बताइएको छ । 

विद्युत् ल्याउने क्षेत्रमा सामुदायिक वन परेका कारण समस्या भएको छ । खलङ्गा विद्युत् ल्याउन महाकाली नगरपालिकाको थालीगाडमा विद्युत् सव स्टेशन निर्माण गरिएको छ । अहिले चमेलियादेखि सदरमुकामसम्म विद्युत् ल्याउन पोल गाड्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला