६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्गका एक दर्जन पुल अलपत्र

३१ बैशाख २०७६, मंगलवार १५:४७

वैशाख ३१, सुर्खेत | कर्णाली राजमार्गका निर्माणाधीन एक दर्जन बढी पुल अलपत्र परेका छन् । निर्माण व्यवसायीको लापरबाहीले कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख रूपैयाँ लागतको घट्टेखोलामा पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो । सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर ८ वर्ष वितिसक्दा पनि अधुरै छ ।

दैलेखको झाक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ । जसको सम्झौता दुई वर्षभित्रै सक्ने भनेर २०६७ सालमा भएको थियो । तर, अहिलेसम्म अधुरै छ । दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा साढे ४ करोड रूपैयाँभन्दा बढी लागतमा २०६८ सालमा बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । साथै सरुवार सुनकोसी र कवीर जेभी कम्पनीले पनि बीचमै पुलको काम छाडेर भागेको छ ।

कम्पनीले बीचमै काम छोडेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । यसका साथै कर्णाली राजमार्गको विहानी खोला खल्लाघाटबाहेक दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्गअन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, बालीगढ, सिम्ला खोला, किटुखोला, शाही खोलामा वर्षौ पहिलेदेखि निर्माण भइरहेका पक्की पुल अहिले पनि अलपत्र अवस्थामा छन् ।

दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।कर्णाली राजमार्गअन्तर्गतको दैलखको झक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ ।

झन्डै ५ करोड रूपैयाँ लागतको पक्कीपुल एक वर्षमा निर्माण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौ ठेकेदार पूर्णप्रसाद उपाध्याय बताए । ‘म पाँचौं ठेकेदार हुँ, मभन्दा अघि चार कम्पनी गएँ,’ उनले भने, ‘समयमै रकम भुक्तानी नभएको कारण देखाउँदै अघिल्ला ठेकेदार भागेको जानकारी आएको छ ।’ सात वर्ष पहिले निर्माण सुरु भएको झक्सीखोला पुलमा अहिले स्लावहरू हालिएको छ । उपाध्यायले भने, ‘प्रदेश सरकारले लगानी गर्छ भनेर पाँचौ ठेकेदारका रूपमा आउँदा अहिलेसम्म कतैबाट पुल निर्माणको पहल देखिएको छैन ।’ उनले अघिल्ला चार ठेकेदारले कति भुक्तानी लिएका थिए र कति बाँकी थियो केही जानकारी नभएको बताए ।

कर्णालीका पुलमा गरिएको लगानीको हिसाव केन्द्रीय र प्रदेश सरकारसँग छैन । आयोजनामा महिनापिच्छे ठेकेदार फेरिने, सम्झौताअनुसार काम नगर्ने, निर्माण कम्पनी फरार हुने गरे पछि ठेकेदारलाई कारबाही गर्न नसक्दा कर्णालीका पक्की पुल अलपत्र भएको दैलेखका स्थानीय नैनबहादुर शाहीले बताए । एकै आयोजनाका पाँच ठेकेदार आएर पनि पुल निर्माण हुन नसक्नु दुुखद पक्ष हो । प्रदेश सरकारले सपना बाँड्दै हिँड्नुभन्दा काम गर्नुपर्ने उनको सुझाव छ ।


सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधिअनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदानलगायत कुरामा सुरुदेखि चासो राख्नु आवश्यक छ । जुन कुरा कर्णालीका पक्की पुल निर्माणमा सरकारले जिम्मेवारी पुरा गर्न सकेन । जसका कारण दशकौंदेखि पुलहरू अलपत्र रहेका छन् । जुम्लाका कालीबहादुर बुढाले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने बताए ।

सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख बेलबहादुर भुजेलले भने याक्थुमहार गोल्डेन जेभी, बिटी धर्मेन्द्र १४ जेभी कम्पनीलाई कालोसूचीमा राखिसकेको बताए । बीचमै ठेकेदार फरार भएपछि निर्माण अलपत्र भएको उनको भनाइ छ । अब पुल निर्माणको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उनले बताए ।कर्णाली राजमार्गका सानाठूला पुल निर्माणका लागि विश्व बैंकले दिएको ७६ करोड पनि काम नहुँदा थन्किएको डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या