६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार वडा कार्यालयको भवन निर्माण शुरु

५ जेष्ठ २०७६, आईतवार ०१:५७

जेठ ५, नुवाकोट | नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । 

सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको बाँकी दुई महीनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ बनाइने भवनमध्ये वडा नं ९ को नलगाउँ र वडा नं ११ को फूलबारीमा कार्य शुरु भएको छ । नगरमा रहेका १३ मध्ये आठ वडामा भवन अभाव छ । चालू आवमा वडा नं ४, ५, ९ र ११ का लागि नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ । 

उक्त चार स्थानमा भवन निर्माणका लागि रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले विनियोजित गरेको थियो । वडा नं ९ को भवन निर्माणका लागि पिएन निर्माण सेवा प्रालिलाई रु ३५ लाखमा र वडा नं ११ मा भवन बनाउन श्रवशक्ति महामाया प्रालिलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ । 

नगरपालिका सञ्चालन हुँदै आएको भवनसमेत विपत्बाट जोखिममा परेका समुदायका लागि राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुँदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्नपश्चात नगरपालिकाको लागि भवन बनाउने योजना बनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या