२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार वडा कार्यालयको भवन निर्माण शुरु

२०७६, ५ जेष्ठ आईतवार ०१:५७

जेठ ५, नुवाकोट | नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । 

सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको बाँकी दुई महीनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ बनाइने भवनमध्ये वडा नं ९ को नलगाउँ र वडा नं ११ को फूलबारीमा कार्य शुरु भएको छ । नगरमा रहेका १३ मध्ये आठ वडामा भवन अभाव छ । चालू आवमा वडा नं ४, ५, ९ र ११ का लागि नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ । 

उक्त चार स्थानमा भवन निर्माणका लागि रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले विनियोजित गरेको थियो । वडा नं ९ को भवन निर्माणका लागि पिएन निर्माण सेवा प्रालिलाई रु ३५ लाखमा र वडा नं ११ मा भवन बनाउन श्रवशक्ति महामाया प्रालिलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ । 

नगरपालिका सञ्चालन हुँदै आएको भवनसमेत विपत्बाट जोखिममा परेका समुदायका लागि राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुँदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्नपश्चात नगरपालिकाको लागि भवन बनाउने योजना बनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन