७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वालिङले थाल्यो नमूना अभ्यास

९ जेष्ठ २०७६, बिहीबार ०९:१७

तोलाकान्त बगाले | जेठ ९. स्याङ्जा (रासस )| स्याङ्जाको वालिङ नगरपालिकाले बृहत् योजना तर्जुमाका लागि नमूना अभ्यासको थालनी गरेको छ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत् योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको हो । 

कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो ।

नगर कार्यपालिका वा गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु आफै बढी सक्रिय भएर नगरपालिका तथा गाउँपालिकाको योजनाहरु बनाइरहेका बेला वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा पुगेर नगरवासीलाई बढीभन्दा बढी समूहगत छलफल गराई योजनाहरु सङ्कलन गरेको हो । 

स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाले वार्षिक विकास योजना तर्जुमा र प्राथमिकीकरण गर्दा दीर्घकालीन रणनीति, मध्यकालीन विकास योजनालाई आधार बनाउन सक्ने वातावरणको निर्माण गर्नमा यसले सघाउ पुग्ने विश्वास गरिएको छ ।

विकास कार्यक्रमलाई प्रभावकारी एवं दिगो बनाउन योगदान पुर्याउने लक्ष्यसहित बृहत् योजना तर्जुमाका लागि वडा/वडामा समूहगत छलफल गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“विकास कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि दीर्घकालीन विस्तृत योजना, मध्यकालीन विकास योजना र वार्षिक विकास कार्यक्रमको निर्माणको सबै प्रक्रियामा नागरिकको कार्यात्मक संलग्नता मार्फत मात्र संभव छ,” नगर प्रमुख खाँणले भन्नुभयो – “हरेक विकास कार्यक्रमप्रति आमनगरवासीले अपनत्व महशुस गर्ने वातावरण निर्माणका लागि बढीभन्दा बढी नागरिकको संलग्नता आवश्यक ठानी वडा/वडामा समूहगत छलफल गराएका हौं ।”

सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिइएको यस अभियानले नगरपालिकाबाट हुने विकास र सेवालाई न्यायपूर्ण बनाउन थप सहयोगी हुने नगर प्रमुख खाँणको भनाइ छ । समूहगत छलफलबाट प्राप्त भएका योजना तथा नगरको विकासलाई सहयोग पुग्ने सुझावहरुलाई ग्रहण गरी आगामी नीति निर्माण तथा योजनाहरु बनाउँदा अक्षरशः पालना गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

वडाका हरेक क्षेत्रका नागरिकको उपस्थितिमा विभिन्न आठ वटा समूहमा चक्रीय प्रणाली मार्फत छलफल गराउने र नगरपालिकाका राम्रा पक्ष तथा अब सुधार गर्नुपर्ने पक्षमाथि छलफल केन्द्रित गरिएको कमिटेड नेपालका कार्यक्रम संयोजक भीमसेन रायमाझीले बताउनुभयो ।

भू–उपयोग, आर्थिक विकास, यातायात, सार्वजनिक निर्माण, वातावरण र प्राकृतिक स्रोत, शिक्षा, स्वास्थ्य, विपद् तथा आपतकालीन ब्यवस्थापन गरी आठ वटा विषयमाथि आठ समूह निर्माण गरी ती समूहहरुलाई सबै विषयमाथि छलफल गराइएको संयोजक रायमाझीले बताउनुभयो ।

वडा/वडामा पुगेर नागरिकका विचार सङ्कलन गरिएसँगै अब त्यहाँ उठेका राय, सुझाव तथा गुनासालाई नगर कार्यपालिका अन्तर्गतका विषयगत समितिमा छलफल गरिने कमिटेड नेपालका उपटोली नेता अनिरुद्र न्यौपानेले बताउनुभयो ।

उपटोली नेता न्यौपानेका अनुसार सम्बन्धित विषयगत समितिमा छलफलपछि मस्यौदा निर्माण, मस्यौदामाथि वडा र नगरमा छलफल गरी कार्यपालिका बैठकमा पेश गर्ने र दफाबार छलफल पछि आगामी नीति, नियम तथा योजनाहरुको निर्माणमा समेट्ने बृहत् योजना तर्जुमाका चरण एवं प्रक्रियाहरु रहेका छन् ।

आठ वटा विषयमध्येको आर्थिक विकासको टेबुलमा रहेर प्रत्येक वडामा छलफल गर्नुभएका कमिटेड नेपालका कार्यक्रम संयोजक रायमाझीका अनुसार कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजार व्यवस्थापन नभएकै कारण बिचौलियाले फाइदा लिएको गुनासो आएको छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएको, जङ्गली जनावर विशेष गरी बाँदरको समस्याका कारण खेतीपाती गर्न नसकिएको जस्ता समस्याहरु राखेका संयोजक रायमाझीले बताउनुभयो ।

त्यस्तैगरी, सडकको विषयमाथि छलफल हुने क्रममा ठेकेदारहरुबाट भन्दा उपभोक्ताहरुबाट निर्माण भएका सडकहरु गुणस्तरीय भएको, नगरले नगर बस सञ्चालन गर्नुपर्ने जस्ता विषयहरु छलफलमा आएका थिए ।  

वालिङमा सुविधा सम्पन्न विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालन गरिनुपर्ने, प्रत्येक वडामा एम्बुलेन्स सेवा हुनुपर्ने, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु वडाका टोल टोलमा लैजानुपर्ने, हरेक महिना वडा/वडामा विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था मिलाउनुपर्ने, विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारसम्बन्धी तालीम दिनुपर्ने जस्ता सुझावहरु स्वास्थ्य विषयमाथि छलफलका क्रममा आएका स्वास्थ्यका विषयमा छलफल चलाउनुभएका निर्भिकनारायण भुर्तेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)