२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बस पुगेपछि गाउँमा खुशियाली

२०७६, १० जेष्ठ शुक्रबार ०६:५३

जेठ १०, पाल्पा | निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।

स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हँुदै स्वागत गरेका छन् । साना जीप मोटरसाइकल गुड्ने यस गाउँमा बस पुगेपछि रमाइलो लागेको स्थानीयवासी प्रेम बाकाबलले बताउनुभयो । निस्दी गाउँपालिकाको दुर्गम र विकटमा पर्ने यस गाउँमा बस पुगेपछि गाउँमा उत्पादित कृषिजन्य सामग्री बजार लैजान सजिलो पर्नेछ ।

फाट्टफुट्टमात्रामा चल्ने साना जीपमा क्षमताभन्दा बढी यात्रु र सरसामान बोक्नुपर्ने बाध्यता थियो । कच्ची सडकमा यसरी यात्रा गर्न निक्कै जोखिम थियो । स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएपछि ग्रामीण भेगमा सवारी साधन पुग्न थालेका छन् । पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले सडक निर्माणमा ठ्ूलो रकम खर्च गरिरहेका छन् । अब भने जोखिमपूर्वक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यातायात समितिले अब नियमितरुपमा बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी