२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं ५ मा नीति कार्यक्रम बहुमतले पारित

२०७६, १३ जेष्ठ सोमबार १६:०१

जेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्नुभयो । 

प्रस्ताव प्रस्तुत गर्दा सत्ता पक्षका प्रदेशसभाका सदस्य नै झुक्किएपछि सभामुख घर्तीले दोह¥याएर प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्तीले भन्नुभयो, “प्रस्तावक माननीय सदस्य नै भ्रममा पर्नुभएको छ, त्यसैले म दोहो¥याएर भन्छु ।”

यसअघि विपक्षी नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले प्रदेशसभामा दर्ता गराउनुभएको नीति कार्यक्रममाथिको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाका सदस्यले राखेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले आयोजना, कार्यक्रमको प्राथमिकीकरण र आवधिक योजनामा आधारित भएर प्रदेश सरकारको नीति कार्यक्रम आएको उल्लेख गर्दै मनोगत लहडमा आएको होइन भन्नुभयो । 

उहाँले प्रदेशको अधिकार क्षेत्रभित्र केन्द्रित रहेर र प्रदेशसभाका सदस्यसँग भएको छलफलका आधारमा नीति कार्यक्रम ल्याइएको जानकारी दिँदै विपक्षीले खुलेर प्रशंसा नगरे पनि मौन बस्दा राम्रो हुन्थ्यो भन्नुभयो । मुख्यमन्त्री पोखरेलले अधुरा खानेपानी योजनालाई पूरा गर्ने अभियानका साथ नीति कार्यक्रमले सम्बोधन गर्न खोजेको बताउनुभयो । 

प्रदेशसभाका सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले नीति कार्यक्रमले विगतको कामको समीक्षा गरेको छ भन्नुभयो । अर्का सदस्य विष्णु पन्थीले सरकार निजी क्षेत्र र सहकारीको सहकार्यमा नीति कार्यक्रम आएको उल्लेख गर्दै प्रादेशिक क्षेत्रीय सन्तुलनको विकासलाई ध्यान दिइएको बताउनुभयो । 

प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले बहुआयामिक र दीर्घकालीन दृष्टिकोणका आधारमा नीति कार्यक्रम आएको जिकिर गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने दीर्घकालीन सोचमा आधारित भएर नीति कार्यक्रम आएको उल्लेख गर्नुभयो । अर्का सदस्य दीपेन्द्रकुमार पुनले नीति कार्यक्रमलाई बजेटले पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा प्रदेशसभाका सदस्य दधिराम न्यौपाने, कल्पना पाण्डे, रमा अर्याल, पुष्पा थारू, सहसराम यादव, चेतनारायण आर्चायलगायत अधिकांशले नीति कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी