६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

१५ जेष्ठ २०७६, बुधबार ०६:५३

सम्राट सिंह | जेठ १५, बझाङ | हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन । 

३ बर्ष यता जिल्लाको सदरमुकाम चैनपुरमा सिटिजन बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, सनराइज बैंक, एनआइसि एसिया बैंक र छबिस पाथिभेरा  गाउँपालिका र दुर्गाथली गाउँपालिकामा कुमारी बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक, खप्तड छान्ना गाउँपालिकामा प्राइम कमरसियल बैंक लगायतका प्राइभेट बैंकहरुले शाखा बिस्तार गरेका छन ।

जिल्लामा बैंकहरुको संख्या बढेपछि क्रृण लगानी गर्न, सेवाग्राहीलाई आफतिर आर्कषण गर्न पनि बैंकहरुमा एकदमै प्रतिष्पर्धा चलेको छ । 

बैंकहरु जिल्लामा भित्रिएपछि व्यापारी,उद्योगी लगायतका सर्बसाधारणले समेत क्रृण लगेर विभिन्न आर्य आर्जन गर्ने खालका व्यापारहरु गर्दै आएका छन । बैंकको संख्या बढेपछि सेवाग्राहीले चेक साट्न पनि एक दुई घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 

जिल्लामा बैंकहरुको संख्या बढ्नु सेवाग्राहीका लागि एकदमै राम्रो भएको जयपृथ्वी नगरपालिका ३ का जन्मजय जोशीले बताए । बैंकहरुले पनि सेवाग्राहीहरुलाई छिटो छरितो सेवा दिनुको साथै सस्तो शुलभ ब्याजदरमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।   


सदरमुकाम चैनपुर लगायत राष्ट्रिय बाणिज्य बैंकले मष्टा गाउँपालिकामा, कृषि विकास बैंकले बुंगल नगरपालिकामा एभरेष्ट बैंकले तल्कोट र सुर्मा गाउपाँलिकामा पनि शाखा बिस्तार गरी सेवा दिइरहेको छ । यसरी गाउँमा नै बैंकहरुले शाखा बिस्तार गर्दा विकट गाउँपालिकाका बासिन्दाहरुले बैंकिङ कारोबार गर्न ५।६ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनु पर्ने बाध्यता पनि टरेको छ । 

आर्थिक कारोबार गर्ने प्रायजसो मानिसहरु सदरमुकाम केन्द्रित हुने हुँदा बैंकहरु पनि सदरमुकाममा नै केन्द्रित भएको नेपाल बंगलादेश बैंकका शाखा प्रबन्धक भिमराज पोख्रेलले बताए । बैंकहरु धेरै भएपछि बैंकहरुमा प्रतिष्पर्धा हुने हुँदा सेवाग्राहीलाई सहज हुने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या