६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालुङटार नगरपालिकाले ३ सय ९७ बेरोजगारलाई रोजगारी दिने, दैनिक ज्याला ७ सय

२७ जेष्ठ २०७६, सोमबार ११:०१

मनोज पराजुली, जेठ २७, गोरखा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि नगरपालिकाले भने काम गर्ने दिन घटाएर रोजगारी दिन लागेको हो ।


३ सय ९७ जनालाई १० दिनका लागि रोजगारी दिन लागिएको नगरपालिकाका रोजगार संयोजक बिबेक कुमार पण्डितले जानकारी दिए। समय अभावका कारण देखाउंदै नगरपालिकाले ३० दिनको समय घटाएर १० दिन कायम गरि बेरोजगारको संस्ख्या थप गरिएको पण्डितले बताए । सबै वडा कार्यालयलाई आगामी शुक्रबारसम्म योजना छनौट गरि पठाउन निर्देशन दिएकोले अर्को हप्ताबाट बेरोजगारलाई रोजगारी दिन शुरु गरिने उनले बताए ।

नगरपालिका भित्रका २३ सय ३३ जना बेरोजगारले रोजगारीका लागि रोजगार सेवा केन्द्रमा मार्फत आबेदन दिएका थिए । आवेदन दिएका मध्ये वडा अनुसार बेरोजगारहरुको छनौट गरिएको संयोजक पण्डितले बताए ।  रोजगारी गरे वापत ज्याला दैनिक रु. ७ सय दररेट तोकिएको नगरपालिकाले जनाएको छ ।  

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष (२०७५/०७६) मा १ लाखभन्दा बढीलाई रोजगारी दिने लक्ष्य राखेको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने घोषणा गरेको थियो तर श्रम मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ७ सय ५३ स्थानीय तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन पत्र काटेको थियो । यो कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा केन्द्र सरकारले पठाएको थियो ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने घोषणा कार्यान्वयन गराउँदै छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या