२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असिनापीडितलाई राहत

२८ जेष्ठ २०७६, मंगलवार ०६:३७

जेठ २८, पर्वत | असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएकापरिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५२ पीडित परिवारलाई क्षतिकोविवरणअनुसार रु एक लाख ९८ हजार वितरण गरिएको हो ।असिनाले घरको छाना पूर्णरूपमा भत्किएका परिवारलाई रु छ हजार, आंशिक क्षति भएकालाई चार हजार र सामान्य क्षतिभएकालाई रु दुई  हजारका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ जनाको घरको छाना पूर्णरूपमा क्षति भएको छ भने १७ को आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पीडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् । बालीनालीको क्षति भने सम्बन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।असिनाले घरको छाना बस्नै नहुने गरी छोडिदिएको छ, प्रशासनबाट थोरै भए पनि राहत पाउँदा खुुशी लागेको स्थानीयपीडित हुमबहादुर क्षेत्रीले बताउनुभयो । असिनाले जिल्लाका सातै स्थानीय तहका कृषक मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफूल, अन्नबाली र बीउबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । तरकारी पकेटअन्तर्गत झण्डै रु ५० लाखका टनेल नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ भने तीन करोडभन्दा बढीको तरकारी र अन्नबाली नष्ट गरेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । सबैभन्दा बढी मोदीमा र कुश्मा, फलेवास, महाशिला, र पैँयुमा समेत असिनाले नोक्सानी पु¥याएको छ । जिल्लाका अन्य क्षेत्रका असिनापीडित परिवारलाई पनि राहत वितरणका लागि सिफारिस गरेर पठाइएको र बजेट निकासा हुने बित्तिकै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभएको छ । विशेष गरी तरकारी र मकै बालीमा ७० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित)