जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर ग"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोडैता– जयपुर सडक बन्दै

२०७६, २८ जेष्ठ मंगलवार ११:००

जेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो । 
प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 
दुई किलोमिटर लामो तथा २० फिट चौडा बन्न लागेको सडकको निर्माणका लागि नगरपालिकाले सहजीकरण गरेको छ । पहिलो चरणमा माटो पुर्ने र त्यसपछि ग्राभेल हालेर ग्रेडर चलाइने उहाँले जानकारी दिनुभयो । आउने वर्ष सो सडकलाई कालोपत्रे बनाइने प्रमुख यादवले जानकारी दिनुभयो ।

पूँजीबजारमा झिनो सुधार

सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ । 

स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो । बैंकिङ २.२६, व्यापार ७.६९, विकास बैंक ३.१७, जलविद्युत् ४.६६ र लघुवित्त ३.५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५.५१, वित्त १.३, निर्जीवन बीमा ४८.३१, उत्पादन ५.१८ र जीवनबीमा १.१ बिन्दुले घटे । 

स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर रु तीन करोड ७८ लाख २४ हजार ५२७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । त्यस्तै एनआईसी एसिया रु दुई करोड ७४ लाख ५५ हजार ७४५, कृषि विकास बैंक रु दुई करोड ५९ लाख ६७ हजार २९७, नेपाल बैंक रु दुई करोड ४९ लाख ४२ हजार ८५५ र प्रभु बैंकको रु एक करोड ४५ लाख ४८ हजार ५७९ मा कारोबार भइ अग्रस्थानमा रहे । 

यसैगरी पाँचथर पावर कम्पनीका शेयर धनीले ९.५२ प्रतिशतले कमाए । खानीखोला हाइड्रोपावर ९.२३, सिनर्जी पावर डेभलपमेन्ट ७.६९, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ७.०० र नाग्दी ग्रुप पावर लिमिटेडका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनीले ९.६१, व्लर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.०५, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४.४७, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.४३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ४.२७ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी