2026-09-13 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टीकापुर नगरपालिका: २० करोड लागतमा निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको आशङ्का

असार ३, कैलाली | टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । 

रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् ।

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताउनुभयो । उहाँले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको बताउनुभयो । “सडकभरि बालुवा मिसिएको माटो बिछ्याइएको छ”, उहाँले भन्नुभयो, “यसले सडक बलियो होलाजस्तो लाग्दैन ।”

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताउनुभयो । उहाँले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ ।

“माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म माटोको ल्याब परीक्षण भएको छैन, हामी त्यसको पर्खाइमा छौँ ।” उहाँले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताउनुभयो । उहाँले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताउनुभयो ।

प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । बीस देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् । “अन्धाधुन्ध सडकमा माटो फालेको छ”, एक स्थानीयवासीले भने, “निर्माण पक्षले जिम्मेवार ढङ्गले काम शुरु गरेको देखिँदैन ।”

निर्माण पक्षले आयोजनाका बारेमा विवरणसहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारीसहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ । स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताउनुभयो । “निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहीँकतै छैन”, उहाँले भन्नुभयो, “सडक निर्माण कसरी भइरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।”

सडक निर्माणको प्रभावकारी अनुगमनसमेत हुननसकेको स्थानीयवासीको आरोप छ । कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको उनीहरूले बताए । तर, सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिनुभयो । टीकापुर नगरपालिकाले सडक निर्माणको काममा समन्वय गर्ने अधिकार मात्रै छ । उसलाई सडक निर्माणको अनुगमन गर्ने अधिकार छैन । तैपनि सडक निर्माणको गुणस्तरीयताप्रति नगरपालिकाको ध्यानाकर्षण हुने नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “यो सङ्घीय योजना हो, हामीले अनुगमन गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “तैपनि सडकको गुणस्तरीयताप्रति हाम्रो ध्यानाकर्षण हुने गर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले