२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायणको बजेट रु ९६ करोड

२०७६, ८ असार आईतवार १६:०३

असार ८, भक्तपुर (रासस) | चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभामा आजदेखि शुरु भएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरसभाको शुभारम्भ गर्नुभयो । 

नगरसभामा उपप्रमुख विना बाँस्तोलाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष उज्यालो चाँगुनारायण बनाउन नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ती जडान गरिने बताउनुभयो । 

नगरपालिकाले आव २०७६/७७ का लागि रु ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ रु १९ करोड ८२ लाख ८८ हजार, पूँजीगततर्फ रु ३६ करोड २० लाख, सःशर्त अनुदानतर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा प्रदेश सरकारको खर्च रु पाँच करोडको बजेट सार्वजनिक गरिएको हो । 

सङ्घीय सरकारवाट वित्तीय समानीकरण रु १५ करोड ८६ लाख, सःशर्त अनुदान रु ३१ करोड, राजश्व बाँडफाँट रु आठ करोड २५ लाख, राजश्व आम्दानी रु १६ करोड ७८ लाख ३६ हजार, अघिल्लो आवको मौज्दात रु तीन करोड, सामाजिक सुरक्षा रु आठ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु ८७ लाख ४३ हजार, सःशर्त अनुदान रु चार करोड २२ लाख ९१ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँट रु दुई करोडको बजेट सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो