७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढी उपमहानगरको बजेट एक अर्ब ५८ करोड

८ असार २०७६, आईतवार १६:०८

असार ८, कैलाली | सुधारिएका सडक निर्माण, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकता दिँदै धनगढी उपमहानगरपालिकाको नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति, कार्यक्रम र बजेट पेश गरिएको छ ।

आज बसेको नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले रु एक अर्ब ४८ करोड चार लाख ४८ हजारको बजेटसहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालूतर्फ रु ७६ करोड ३६ लाख ४२ हजार तथा पूँजीगततर्फ रु ८१ करोड ६८ लाख पाँच हजार रहेको छ । उपमहानगरपालिकामा कार्यान्वयन गरिने अनुदानतर्फको रु ५७ करोड ४२ लाख आगामी बजेटमा नसमेटिएको नगरसभा अध्यक्ष एवम् धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । 

यस पटक अनुदानतर्फको रकम नगरको बजेटमा समावेश नगर्ने परिपत्र आएको छ । यसअघि अनुदानको अनुमानित रकमलाई पनि बजेटमै जोडेर राखिने गरिएको थियो । नीति कार्यक्रममा शिक्षामा गुणात्मक सुधार ल्याउने, स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम र सहकारिताको विकास, मानव संसाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन, संस्कृति संरक्षण, प्राकृतिक विपद् तथा पूर्वतयारी, पुनस्र्थापन र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

‘असहाय र विपन्नसँग मेयर’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी सामान उपलब्ध गराउने नीति कार्यक्रममा उल्लेख छ । ‘बालबालिका किशोरकिशोरीसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत बालबालिका किशोरकिशोरीको क्षमता अभिवृद्धिका साथै विभिन्न विकृतिका विषयमा जनचेतना अभिवृद्धि जस्ता गतिविधि गर्ने योजना छ । 

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी प्रदेशको राजधानीसमेत हो । उपमहानगरपालिकाको जनसङ्ख्या झण्डै एक लाख ४७ हजार रहेको छ । १९ वडा रहेको उपमहानगरका अधिकांश वडामा अझै पनि स्वच्छ खानेपानी, सडकलगायत पूर्वाधारको अभाव छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी