२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवनस्तर उकास्न आर्थिक विकासमा जोड

९ असार २०७६, सोमबार ११:४०

सुशीला रेग्मी | असार ९, काठमाडौँ | पाल्पा निस्दी गाउँपालिकाले आर्थिक विकास र समृद्धि तथा न्यायपूर्ण वितरण र सामाजिक सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेको छ । “अबको हाम्रो देशको मुख्य कार्यभार भनेको तीव्र आर्थिक विकास र समृद्धि नै हो”, गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो, “आर्थिक विकास र समृद्धिका साथसाथै न्यायपूर्ण वितरण र सामाजिक सुरक्षा व्यवस्था पनि हो, यसमा केन्द्रित रहेर पहिले समस्याको पहिचान, दोस्रो त्यसलाई निदान गर्ने आवश्यक सैद्धान्तिक अवधारणा नीति अथवा सोच, तेस्रो प्राथमिकताको क्षेत्रको छनोट र चौथो त्यसलाई कार्यान्वयन गर्ने विधि अथवा कार्यक्रम र कार्यतालिका नै हाम्रो आर्थिक विकास र समृद्धिका मुख्य कार्यभार हुन् ।

  गरीबी, असमानता, बेरोजगारी र परनिर्भतरा यहाँका प्रमुख आर्थिक समस्या हुन् , उहाँले भन्नुभयो, “त्यसलाई केन्द्रबिन्दुमा राखेर गाउँपालिकाले एक वडा एक उत्पादनलाई जोड दिएको छ ।”गाउँपालिकाले आगामी आव २०७६-०७७ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेर आर्थिक विकास, सामाजिक विकास, क समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, संस्थागत विकास तथा सेवा प्रवाह, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, वित्तीय व्यवस्थापन र सुशासनलाई विशेष जोड दिएका छन् ।

 यसैगरी शिक्षा, स्वास्थ्य रोजगार र पर्यटनसहितको पूर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो । केम खाम्चा स्मृतिमार्ग स्तरोन्नति गर्ने, मित्यालको वायु ऊर्जालाई पूर्णता दिने, गाउँपालिका बजार क्षेत्र कालोपत्र गर्ने, मित्याल अरुणखोला मोटरबाटो स्तरोन्नति गर्ने, विद्युत्को राष्ट्रिय प्रसारण लाइन घरघरमा पु¥याउने, गाउँपालिका मुख्य प्रशासनिक भवनको संवाद गर्नेलगायत योजना गाउँपालिकाले ल्याएको छ । ती योजनाको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने, विकास साझेदारीका लागि सिमाना जोडिएका पालिकासँग सहकार्य गर्नसमेत कार्यक्रममा ल्याइएको छ । 

यहाँको भाषा,कला, संस्कृति र परम्परालाई जीवन्त बनाउन भाषाको संस्कृतिको संरक्षण गराँै बालबालिकालाई मगर भाषा सिकाऔँ अभियान सञ्चालन गर्ने, लोपोन्मुख अवस्थामा रहेका कुडुले घर संरक्षण गर्ने, प्रत्येक टोल, घर घरमा खानेपानी धारा निर्माण गर्ने जस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । 

यसैगरी नीति तथा कार्यक्रममा गर्भवतीलाई अण्डा र झण्डा कार्यक्रमलाई निरन्तरता दिइने, आधुनिक चुलो निर्माण, जङ्गली च्याउ खाने बानी निरुत्साहित, मादक पदार्थ निरुत्साहित, घरदैलो ज्येष्ठ नागरिक सेवा, पन्ध्र श्ययाको अस्पतालका लागि पहल जस्ता योजना ल्याइएका छन् । गरीबी निवारण कार्यक्रमअन्तर्गत मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष रिता अर्यालले बताउनुभयो ।

बेरोजगार युवाले पाए गाउँमै रोजगार

  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८४ युवाले रोजगार पाएका छन् । चालू आर्थिक वर्षमा ८४ जना बेरोजगार युवालाई दैनिक ज्यालादारीमा गाउँपालिकाले रोजगार दिन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले जानकारी दिनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोटमा परेका युवालाई गाउँपालिकाको मातहतमा राखेर आआफ्नो वडामा परिचालन गराउने गरी समूह विभाजन गरेर पठाइएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । 

वडाको निर्णयानुसार उनीहरुलाई सडक मर्मत र स्तरोन्नतिकोे काममा लगाइनेछ । यो कार्यक्रमअन्तर्गत जिल्लाभरि आवेदन दिएका करिव सात हजार युवामध्ये एक हजार २०० लाई रोजगार दिइने योजना रहेको छ । सो कार्यक्रमका लागि पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, सानासाना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि तय गरिएको छ । यस कार्यक्रमअन्तर्गत १८ वर्ष देखि ५० वर्ष उमेर समूहका बेरोजगारलाई सहभागी गराउने व्यवस्था छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य