असार   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार  
७ माघ २०८२, मंगलवार
अर्थ/विकास

भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने

९ असार २०७६, सोमबार १२:५१

असार  ९, सुर्खेत  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ । 

पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो । पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको हो । आयोजनाबाट ११ घर प्रभावित हुनेछन् ।

आयोजनाले यसै साता प्रमुख जिल्ला अधिकारीलाई जग्गा अधिग्रहणसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ । चालू आवभित्रै मुआब्जा वितरण गर्न रु १० करोड बजेट छुट्याइएको छ । मुआब्जा निर्धारण भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले टुङ्गो लगाउनेछ । 

भेरीको पानीलाई भेरीगङ्गा नगरपालिका–९ को चिप्लेदेखि भेरीगङ्गा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएको आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) श्रीप्रसाद साहले चालू आर्थिक वर्षभित्रै मुआब्जाको टुङ्गो लगाउने जानकारी दिनुभयो । मुआब्जाको टुङ्गो लागेपछि मात्र ड्याम (बाँध) निर्माणको काम शुरु गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी