६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुलिखेलको बजेट रु ७८ करोड ४८ लाख, महाभारतको बजेट रु ३० करोड ३२ लाख

१० असार २०७६, मंगलवार १५:४८

असार १०, बनेपा (रासस) | धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ ।

नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उप–प्रमुख विमला शर्माले चालू आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन पेश गर्नुभएको हो । यसैबीच काभ्रे जिल्लाको अधिकांश पालिकाले आर्थिक वर्ष २०७६/७७ को अधिवेशन सम्पन्न गरेका छन् ।

महाभारतको बजेट रु ३० करोड ३२ लाख

विकट महाभारत गाउँपालिकाको पाँचौँ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ का लागि कूल रु ३० करोड ३२ लाख ४१ हजारको बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

सो क्रममा नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष जिम्बाले कृषिमा प्रत्येक वडामा रहेको ४० वटा कृषक समूहलाई कृषि सूचना केन्द्रको रुपमा विकास गरी कृषिसम्बन्धी विविध विषयमा सूचना प्रबाह गर्ने जानकारी दिनुभयो । 

शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने चार जनालाई प्राविधिक शिक्षा डिप्लोमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने, स्वास्थ्य क्षेत्रमा ‘जनता अध्यक्ष स्वास्थ्य कार्यक्रम’ अन्तर्गत प्रत्येक महिनामा एक पटक टोल÷टोलमा पुगेर ६८ प्रकारका निःशुल्क औषधिसहितको स्वास्थ्य उपचारको व्यवस्था गरिने लगायका नीति, योजना तथा कार्यक्रम अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या