२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट रु दुई अर्ब २८ करोड

२०७६, १० असार मंगलवार १५:५२

असार १०, राँझा (रासस) | नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौं नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो । गत आव २०७४/७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ । 

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आवमा एशियाली विकास बैङ्क, नगरविकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु रु एक अर्ब आठ करोडसमेत गरी कूल आय रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।

नगरप्रमुख डा धवलशम्शेर राणाले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापामगरले पेश गर्नु भएको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । नगरप्रमुख डा राणाले आव २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गर्नुभयो ।

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले आगामी वर्ष २०७६/७७ को लागि रु ८० करोड ६१ लाख १७ हजार ४२२ को बजेट प्रस्तुत भएको छ । नगरउपप्रमुख सञ्जुकुमारी चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु १४ करोड ७७ लाख ६१ हजार र पूँजीगततर्फ रु ५३ करोड २१ लाख ४७ हजार ६०६ विनियोजन गरिएको छ । नगरप्रमुख लुटबहादुर रावतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी